२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

इजरायलले रामल्लाहबाट सेना फिर्ता बोलायो

बुधवार , भाद्र ११, २०८२

  • 364
    Shares
  • 364
    Shares
  • काठमाडौं, ११ भदौ । प्यालेस्टिनी स्रोतहरूकाअनुसार मंगलवार बिहान ठूलो मात्रामा छापा मारेर इजरायली सेना मध्य पश्चिम किनारको शहर रामल्लाहबाट फिर्ता भएको छ ।

    प्यालेस्टिनी सुरक्षा बलहरूले इजरायली सेनाले मध्य रामल्लाहमा आक्रमण गरेको र धेरै पसल र मुद्रा विनिमय कम्पनीहरूमा छापा मारेको बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीकाअनुसार छापा मार्दा २० प्यालेस्टिनीहरू घाइते भएका थिए ।

    जसमा एक १२ वर्षीय बालकलाई पछाडि गोली लागेको थियो र दुई गर्भवती महिलाहरू निसास्सिएका गिए ।