
शुक्रवार , श्रावण ३०, २०८२
काठमाडौं, ३० साउन । नेपाली काँग्रेस सांसद राजन केसीले असुरक्षित हवाई सेवा लिन नेपाल आउनुपर्ने भन्दै टिप्पणी गर्नुभएको छ ।
सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संसारमा हवाई सेवा यातायात सेवामा सबैभन्दा बढी सुरक्षित हुने भएपनि नेपालमा भने असुरक्षित रहेको बताउनु भयो ।
उहाँले यसका कारणहरु पत्ता लगाइ समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले अधिकार खोज्ने तर कर्तव्य पूरा नगर्ने परिपाटी नेपालमा रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसारमा हवाई सेवा सबैभन्दा बढी सुरक्षित यातायात सेवाका रुपमा लिइन्छ । नेपालमा यसको ठ्याक्कै उल्टो भयो । असुरक्षित हवाई सेवा लिनुप¥यो भने नेपाल आउनु जस्तो भयो । यसको के के कारण हुनसक्छ ? त्यो पत्ता लगाउनुपर्छ । यो विधेयकले हवाई सुरक्षामा अत्यन्त राम्रो हुन्छ भन्ने विश्वास छ ।’
नागरिक उड्डयनसम्बन्धी विधेयकमा समितिले उपसमिति बनाएर हरेक बुँदामा छलफल गर्न जरुरी रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij