२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

राप्रपा रुपन्देही क्षेत्र नम्बर २ अधिवेशनको घोषणा सभा

मंगलवार , चैत्र ३१, २०७७

भैरहवा, ३१ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर २ अधिवेशनको घोषणा सभा सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिको बुटवलमा घोषणा सभा सम्पन्न भएको हो ।

क्षेत्र नम्बर २ मा राम बहादुर थापाको अध्यक्षता, क्षेत्र नम्बर २ (क) मा मित्रलाल कुंवरको अध्यक्षता, २ (ख) मा शेष नारायण न्यौपानेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकामा निरज प्रताप खांणको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

राप्रपाका नेता पुनाराम पोखरेलको अध्यक्षता, पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्वमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको आतिथ्यता लगायत केन्द्रीय, जिल्ला तथा क्षेत्रस्तरीय नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।