२०८२, आश्विन ११ गते

Sep 27 2025 | २०८२, आश्विन ११ गते

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

बुधवार , श्रावण २८, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २८ साउन । मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको भैरहवाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षिय गुड्डु खान भन्ने कैश मोहम्मद साई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।

    डीएसपी कार्कीका अनुसार विभिन्न मुद्दामा हिरासतमा रहेका व्यक्तिहरुलाई  छुटाइदिन्छु भन्दै झुक्याएर पटकपटक गरी ४५ हजार रुपैयाँ ठगी गरेको र ३ लाख रुपैयाँ मागेको भन्ने गोप्य सूचनाको आधारमा साईलाई पक्राउ गरिएको हो ।

    खोजतलास गर्दै जाँदा सोमबार सिद्धार्थनगर नगरपालिका–१३ मा फेला परेका साईको शरीर तथा बा १४ च ७८६ नम्बरको गाडी खानतलासी गर्दा उनले लिएको रु. १५ हजार र मोबाइल १ थान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका साईमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।