
मंगलवार , श्रावण २०, २०८२
भैरहवा, २० साउन । सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा कला प्रतियोगिता तथा चित्र र शब्द व्यवस्थापन प्रतियोगिता भैरहवामा सम्पन्न भएको छ । कला प्रतियोगितामा परिवारमा आबद्ध विद्यालय अन्तर्गत कक्षा ४ र ५ तथा चित्र र शब्द व्यवस्थापन प्रतियोगितामा युकेजी र कक्षा १ का विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रम संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो ।
कला प्रतियोगितामा छात्रातर्फ मनकामना स्कूल (सि.न.न.पा.–४) का अराध्या पाण्डेय प्रथम, फ्लोरल स्कूल (ओमसतिया–४) का समिरा शेष द्वितीय, नमुना स्कूल (तिलोत्तमा–१०) का रिता घर्ती मगर तृतीय र श्री सतिया स्कूल (ओमसतिया–५) का शित्तल गुप्ता सान्त्वना भएका छन् ।
त्यस्तै छात्रतर्फ मनकामना स्कूलका आर्यन बरई प्रथम, न्यू ईरा स्कूल (सि.न.न.पा.–१२) का विशाल राव द्वितीय, एभरेष्ट स्कूल (मायादेवी–३) का शिव सुन्दर तृतीय र मिर्नवा स्कूल (ओमसतिया–१) का रिदान पुन सान्त्वना भएका छन् । कला प्रतियोगिताको निर्णाक मनोहर थापा रहनुभएको थियो ।
चित्र र शब्द व्यवस्थापन प्रतियोगितामा छात्रातर्फ मनकामना स्कूलका सुरन्जु गुरुङ प्रथम, न्यू इरा स्कूलका खुस्बुन निशा द्वितीय, एभरग्रीन स्कूल (मायादेवी–७) का सान्ची कुर्मी तृतीय र फ्युचरलाईट स्कूल (मायादेवी–८) का प्रजिता घिमिरे सान्त्वना भएका छन् ।
त्यस्तै छात्रतर्फ न्यू इराका आर्यन बनिया प्रथम, मनकामनाका अबरास खान द्वितीय, एभरेष्टका महेश यादव तृतीय र एभरग्रीनका आयुष मिश्र सान्त्वना भएका छन् । चित्र र शब्द व्यवस्थापन प्रतियोगिताको निर्णायक नवराज उपाध्याय रहनुभएको थियो ।
सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष समसाद इद्रीसीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–१२ का वडाअध्यक्ष कुमार गुरुङको प्रमुख आतिथ्यता तथा परिवारका सचिव कमल प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेल, सामूहिक विद्यालय परिवारका प्रमुख सल्लाहकार युवराज पोख्रेल, सल्लाहकार राजकुमार गुरुङ, विष्णु प्रसाद पन्थी, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेल लगायतको उपस्थिति थियो ।
यसैबीच सोही कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देही र सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीबीच उपचार छुटसम्बन्धी सम्झौता भएको छ । दुई वर्षका लागि गरिएको सम्झौता अनुसार परिवारमा आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरुका सञ्चालक, शिक्षकशिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुलाई सिद्धार्थनगर सिटी हस्पिटलमा विभिन्न उपचारमा छुट प्रदान हुने अध्यक्ष इद्रीसीले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij