२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

पणेना (अर्घाखाँची)–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पोख्रेल

आइतवार , श्रावण १८, २०८२

भैरहवा, १८ साउन । पणेना (अर्घाखाँची)–रुपन्देही सम्पर्क समाज, रुपन्देहीको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न साधारण सभा तथा अधिवेशनले कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समाजको उपाध्यक्ष (खुल्ला) मा जीवनाथ गौतम, उपाध्यक्ष (महिला) मा पार्वता भण्डारी पोखरेल, सचिवमा मदन पोखरेल (सुमन), कोषाध्यक्षमा अर्जुन पोखरेल, सह–सचिवमा विकास भट्टराई र सह–कोषाध्यक्षमा माधवराज पोखरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मण पोखरेल, नन्दराम पोखरेल, भिमकान्त पोखरेल, शिवराज पोखरेल, सुमित्रा भट्टराई, फर्सुराम पोखरेल, तारा प्रसाद गौतम र सुमित्रा वि.क. रहनुभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा योगराज पोखरेल, सदस्यमा सागर पोखरेल र योगेन्द्र पोखरेल रहनुभएको निर्वाचन समिति संयोजक पुष्कर भट्टराईले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका पूर्व प्रमुख (मेयर) पुनाराम पोखरेलको प्रमुख आतिथ्यता तथा युवा समाजसेवी विष्णु पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

309a4fa4-5bc9-4e23-9dac-0908283d3aec.jpeg

पणेना (अर्घाखाँची)–रुपन्देही सम्पर्क समाज अर्घाखाँचीको साविक पणेना गाविस पाणिनी तपोभूमिबाट आइ रुपन्देहीमा स्थायी वा अस्थायी बसोबास गर्नेहरु आबद्ध संस्था रहेको सागर पोखरेलले बताउनुभयो ।