
शनिवार , श्रावण १७, २०८२
बुटवल, १७ साउन । उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आइरहनुभएका बुटवलका सुरज सिंजाली मगर मेरो डान्स युनिभर्स सिजन–२ को उत्कृष्ट आठमा पुग्न सफल हुनुभएका छ । ७ हजार जना प्रतिष्पर्धीलाई पछि पार्दै उहाँ टप एटमा छनौट हुनुभएको हो । अब उहाँ सबैलाई जितेर उपाधि जित्ने लक्ष्यमा हुनुहुन्छ ।
जादुमयी नृत्य गर्न सक्ने सुरज बुटवल उपमहानगरपालिका–१३ बेल्बासका स्थानीय समेत हुनुहुन्छ । उहाँले आफूले विश्वभरबाट छनोट हुने अन्य भन्दा राम्रो गरेर देखाउने लक्ष्यमा रहेको बताउनुभयो ।
उहाँले यो समयमा सबैको साथको जरूरी रहेको भन्दै भोट गरेर जिताउन अपील समेत गर्नुभएको छ ।
मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन–२ का विजेताहरुले १ एक करोड पुरस्कार पाउनेछन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउनेछन् । यसबाहेक समूह नृत्य प्रतिष्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउनेछन् ।
नेपालमा पहिलोपटक गरिएको झ्याउरे नाचको शो निकै उत्कृष्ट बन्दै गएको छ । सुरज सिंजाली मगरलाई भोट गर्नको लागि मोबाईलको Message box मा गई MDU(SPACE)11 Type गरी ३७००० मा पठाउनुपर्नेछ।त्यस्तै MY INTRA App मा गएर सुरज सिंजाली मगरको profile मा click गरेर पनि vote गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij