२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

झलनाथले पार्टी नीति विपरीत बोले : माधव नेपाल

शुक्रवार , श्रावण १६, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट विदा हुन सुझाव दिनुभएको छ । 

    शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ भन्ने संचारकर्मीहरुको प्रश्नमा गर्दै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट विदा लिन सुझाव दिनुभयो ।

    उहाँले सम्मानित नेता खनालले पटक पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उहाँको भनाईको अर्थ नरहेको बताउनु भयो । एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले  पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उहाँहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गर्नुभयो ।

    अध्यक्ष नेपालले शेर बहादुर देउबा र केपी ओली एक ठाँउमा रहे सम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताउनु भयो । उहाँले वर्तमान सरकार सबै क्षेत्रमा  असफल भएपनि अर्को सरकार बन्ने सम्भावना नरहेको जानकारी दिनुभयो । 

    उहाँले अहिले आफुहरु पार्टी संगठन सुदृढिकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताउनु भयो । अध्यक्ष नेपालले माओवादी केन्द्र संग एकिकरण गर्ने कुरा नभएको र अहिले मोर्चा र सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पार्नुभयो ।