२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

इनरह्वील क्लब अफ लुम्बिनीको अध्यक्षमा नारायणी नेपाल

बुधवार , श्रावण १४, २०८२

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, १४ साउन । इनरह्वील क्लब अफ लुम्बिनीको नयाँ कार्यसमितिको पदस्थापन समारोह सम्पन्न भएको छ । वर्ष २०२५/२०२६ का लागि अध्यक्ष नारायणी नेपाल (अधिकारी) नेतृत्वमा नयाँ कार्यसमितिको मंगलबार भैरहवामा ९ औं पदस्थापन समारोह भएको हो । 

    क्लबको उपाध्यक्षमा कोपिला मरासिनी, सचिवमा कमला भट्टराई, सह–सचिवमा पवित्रा पन्थी, कोषाध्यक्षमा बिनिता नेपाल र सह–कोषाध्यक्ष सुनिता लम्साल रहनुभएको छ । त्यस्तै आईएसओमा अर्चना मल्ल र एडिटरमा मनु पाण्डे रहनुभएको छ । कार्यक्रममा क्लबका नयाँ सदस्य रोजा अधिकारी, पूजा गुरुङ, ज्ञानु सारु र ज्ञानु सेनलाई स्वागत गरिएको थियो ।

    525269788_1053465926872000_4749887220351924094_n.jpg

    समारोहमा क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष बिना भण्डारीले वर्ष २०२५/२०२६ का अध्यक्ष नारायणी नेपाल (अधिकारी) लाई पद हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा आईपिपी भण्डारी तथा उहाँको कार्यसमितिको कार्यकाल सफल रहेको भन्दै सम्मानसहित धन्यवाद ज्ञापन गरिएको थियो ।

    नवनिर्वाचित अध्यक्ष नेपालले सबैलाई धन्यवाद ज्ञापन गर्दै महिला र बालबालिकाको शिक्षा, स्वास्थ्य र सशक्तिकरणमा क्लबले अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोपिला मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा अर्चना मल्लले आईएसओ प्रेयर वाचन तथा पूर्वअध्यक्ष बिना अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    सो अवसरमा सुवानाले क्लब अध्यक्ष नारायणीलाई ‘हिरो अफ साइसेन्स’ को रुपमा सम्मान गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सुवाना अध्यक्ष नारायणीकी जेठी सुपुत्री हुनुहुन्छ ।

    सो अवसरमा डिष्ट्रिक्ट अध्यक्ष कमला श्रेष्ठ, डिष्ट्रिक्ट निवर्तमान अध्यक्ष आशा श्रेष्ठ, लायन्स एससिआइएफ डिष्ट्रिक्ट ३२५ की पिएमजेएफ मीना पन्थी, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ओम जैसी, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख शान्ति शर्मा, इनरह्वील क्लब अफ लुम्बिनीको संस्थापक अध्यक्ष ज्ञानु पौड्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    525797035_2248941792217115_3284359954308653523_n.jpg