२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा सम्पन्न

बुधवार , श्रावण १४, २०८२

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १४ साउन । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा एवं कार्यक्रम तर्जुमा गोष्ठी रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ ।

    लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्रा. डा. सुशिला पटेलको सभापतित्व तथा अस्यताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघ रुपन्देही शाखाका पदाधिकारीहरुको उपस्थिति थियो । 

    कार्यक्रममा अस्पताल अन्तर्गत सञ्चालित ८ वटा आँखा उपचार केन्द्रका इञ्चार्जहरुले आर्थिक वर्ष २०८१/०८२ को १ वर्षमा सम्पन्न भएका कार्यहरु तथा आर्थिक पक्षकोको बारेमा तथा आगामी दिनमा गर्ने कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि सागर प्रताप राणाले आँखा उपचार केन्द्रहरुले समुदायमा आँखा उपचार सम्बन्धि जनचेतना, अन्तरक्रिया लगायत गुणस्तरीय उपचारमा जोड दिनुपर्ने धारणा राख्नुभएको थियो ।

    प्रा. डा.कबिन्द्र बज्राचार्यको स्वागत तथा नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-07-30 at 3.21.23 PM.jpeg

    कार्यक्रममा वर्षभरी उत्कृष्ट कार्य गर्ने मर्चवारी आँखा उपचार केन्द्रलाई चिफ मेडिकल डाईरेक्टर प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिनुभयो ।