
शुक्रवार , चैत्र २७, २०७७
बुटवल, २७ चैत ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनले प्रकाश रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमामा भएको अधिवेशनले उपाध्यक्षमा रेवती सिंह, सचिवमा रेशम गिरी, कोषाध्यक्षमा गणेश प्रसाद ज्ञवालीलाई चयन गरेको हो ।
त्यसै गरी कार्यसमितिको सदस्यहरुमा जीवन भण्डारी, चेतन भण्डारी, शरद भुसाल, किशोर पाण्डेय र सुधाकर मिश्रलाई चयन गरेको छ । सिटीईभिटिबाट सम्बन्धन प्राप्त नीजिस्तरमा सञ्चालित डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेशका १२ जिल्लामा ४० भन्दा संस्था सञ्चालनमा छन् ।
ती संस्थामा करिब ७३ विषयका शैक्षिक कार्यक्रम सञ्चालन भईरहेको नवनिर्वाचित अध्यक्ष रानाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij