
आइतवार , श्रावण ११, २०८२
भैरहवा, ११ साउन । वातावरण संरक्षण र दिगोपनाको सन्देशसहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवा पार्कमा रोटरी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा ५०५ वटा विरुवा रोपिएको आयोजकले जानकारी दिएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर (अध्यक्ष पर्शुराम पराजुली), रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी (विष्णु आचार्य) र रोटरी क्लब अफ भैरहवा (अध्यक्ष कमल कोइराला)को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
वातावरण संरक्षणको उद्देश्यलाई प्रवद्र्धन गर्न र सामूदायिक सहभागीता अभिवृद्धि गर्न आयोजित कार्यक्रममा भैरहवा क्षेत्रका विभिन्न रोट्रयाक्ट क्लबहरूको उल्लेखनीय सहयोग थियो । कार्यक्रमले सामूदायिक सचेतना अभिवृद्धि गर्नका साथै हरियाली र स्वच्छ वातावरण निर्माणतर्फ एक प्रेरणादायक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij