images

सोमवार, बैशाख १७ गते २०८१

पन्थीको चीन यात्रा संस्मरण विमोचन

पन्थीको चीन यात्रा संस्मरण विमोचन

images
images
images
शुक्रवार, चैत्र २७ २०७७
शुक्रवार, चैत्र २७ २०७७
  • पन्थीको चीन यात्रा संस्मरण विमोचन

    तिलोत्तमा, २७ चैत । 
    संविधानसभा सदस्य नेत्र पन्थीद्वारा लिखित चीन भ्रमण यात्रा संस्मरण पुस्तकको शुक्रवार विमोचन गरिएको छ ।
    प्राज्ञ बुँद राना र वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले पुस्तकको विमोचन गरेका हुन् । लेखन र पठन संस्कृति हराउँदै गएको सन्दर्भमा प्रकाशित पुस्तकले कम्तीमा पनि पठन संस्कृति विकास गर्न योगदान पुर्याउने विमोचन कार्यक्रममा बोल्ने साहित्यकारहरुले बताएका छन् ।

    images

    प्राज्ञ बुँद रानाले पुस्तकले चीनको जीवन र संस्कृतिको अध्ययन गर्न सजिलो भएको बताउँदै प्रकाशित पुस्तकले पठन संस्कृति बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले चीनको संस्कृति, सभ्यता र अहिले भैरहेको विकासका विषयमा जानकारी लिन पुस्तकले सहयोग पुग्ने धारणा राख्दै कम्तीमा चीन जान नपाएकाहरुलाई पुस्तकले चीनको विषयमा बुझ्न सजिलो वनाएको धारणा राखे ।

    वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले यात्रा संस्मरण साहित्यको महत्वपूर्ण अंग भएको बताउँदै यात्रासंगै आउने रोचकताले पाठकलाई उर्जा थप्ने विश्वास व्यक्त गरे । उनले यात्रा संस्मरणबाट राम्रा कुरा सिक्ने अवसर प्राप्त हुने र त्यो पुस्तकाकारमा आउँदा त्यसले अरुलाई पनि राम्रा कुरा अनुसरण गर्न सहयोग गर्ने हुँदा यस्ता संस्मरणजन्य पुस्तक प्रकाशनमा प्रेरणा दिनुपर्नेमा जोड दिए ।

    साहित्यकार झपेन्द्र जिसीले चीन मानव सभ्यताको केन्द्र हो भन्दै त्यहाँ इतिहासदेखि वर्तमानमा भइरहेका विकास क्रमका अध्याय पुस्तकको आकारमा आउँदा चिनियाँ जीवन र जगत बुझ्न सजिलो भएको बताए ।

    अर्का साहित्यकार दिल साहनीले चीनका वर्तमान सूचना र जानकारी दिन पुस्तक सहयोगी भएको बताउँदै नियात्रा साहित्यको विकासमा जोड दिनुपर्ने विचार व्यक्त गरे । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पुस्तक साहित्यको एक विधा हो भन्दै विदेशको देखिएको कुरा पुस्तकको माध्यमबाट व्यक्त हुनु सकारात्मक पक्ष भएको बताए ।

    कार्यक्रममा संघीय सांसद नजिर मिया, लुम्विनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, साहित्यकारहरु ऋृषिराम भुसाल, ऋषि आजाद, पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष रामराज पोखरेल, पूर्व अध्यक्ष दीपक ज्ञवाली, अधिवक्ता तेज प्रसाद कंडेल, प्रा.डा. आरसी आचार्य लगायतले पुस्तकबाट चिनको विविध पक्षको जानकारी लिन सहयोग पुग्ने बताएका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij