२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

राप्रपा ओमसतिया गाउँपालिकाको अधिवेशन, अध्यक्षमा घिमिरे

शुक्रवार , चैत्र २७, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, २७ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ओमसतिया गाउँपालिका, रुपन्देहीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुन घिमिरेको अध्यक्षतामा २५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

    ओम प्रकाश चौधरीको अध्यक्षता, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य एवं पूर्वमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अलीको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य सुमन राणा, तोयानाथ लम्साल, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, नेताहरु नारायण उपाध्याय, विश्वप्रकाश श्रेष्ठ, शंकर खत्री, आशिष चौधरी, सीताराम सिंह, बेल बहादुर बराल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।