२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैन : सांसद बजगाईं

आइतवार , श्रावण ४, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ४ साउन । पार्टीका सांसद एवं कोईराला पक्षधर नेताहरुसँगको भेटपछि आईतवार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताउनु भयो । बैठकमा नेता कोईरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गर्नुभएको बताउनु भयो ।

    सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसा लगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताउनुभएको डा. कोईरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिनुभयो ।

     उहाँले भन्नुभयो, ‘समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । डा. शेखर कोईरालाले आफू किन यसरी दौडिरहेको छु भन्नेबारेमा ब्रिफिङ गर्नुभयो । पार्टी फुटाउने चाहना, हर्कत गरिरहनुभएको होइन । किन यसरी मुभ गरिरहनुभएको छ भन्ने प्रश्न भयो । अनुकुलअनुसार भेटेर आफ्नो कुरा राख्नुभएको हो । सुशासनको कुरा भएको छ ।

    संसदमा उठेको भिजिट भिसा लगायतका कुराहरुमा राष्ट्रिय मुद्दामा मेरो फरक मत छ, अन्य दलका नेताहरुसँग कुरा राखेको हो भन्ने कुरा राख्नुभएको छ ।’

    राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरुसँग कुरा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो ।