
सोमवार , चैत्र २३, २०७७
बुटवल, २३ चैत ।
लायन्स क्लब अफ बुटवल देउरालीको पाँचौं अधिवेशनबाट वर्ष २०२१/२२ को अध्यक्षमा ज्ञानप्रसाद पौडेल निर्वाचित भएका छन् । क्लबको २५ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा रमेश पाण्डे, द्वितीय उपाध्यक्ष दिपक पन्थी, तृतीय उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, सचिव कृष्णप्रसाद भण्डारी, कोषाध्यक्ष माधवराज पोखरेल निर्वाचित भएका छन् ।
त्यस्तै सह–सचिवमा मोहनीलाल रिजाल, सहकोषाध्यक्षमा यमप्रसाद बस्याल,मेम्बरसीप डाइरेक्टरमा अर्जुन पाण्डे, टेल टुइस्टरमा लाल प्रसाद बस्याल, टेमरमा राजुकुमार गुप्ता र पिआरओमा ललित पाण्डे चयन भएका छन् ।
क्लबको डाइरेक्टरहरुमा मनोहर न्यौपाने, रामप्रसाद गैरे, जीवनलाल पौडेल, मातृका प्रसाद अधिकारी, टोपकान्त बेल्बासे, बाबुराम भुसाल, भिमलाल अधिकारी, विष्णुप्रसाद पाण्डे, मनिराम पौडेल, मधु गौतम, ओमप्रसाद भट्टराई, केशव शर्मा बन्जाडे र खगेश्वर पाण्डे रहेका छन् ।
कार्यक्रममा लायन्स क्लबका जोन चेयरपर्सन गणेशप्रसाद भट्टराई, रमेशप्रसाद पाण्डे, विष्णुप्रसाद अधिकारी र रामप्रसाद गैरे लगायतले मन्तव्य राखेका थिए । ५० जना सदस्य रहेको क्लबले रक्तदान, वृक्षारोपण, असहायलाई सहयोग लगायतका सामाजिक काम गर्दै आएको र आगामी वर्ष थप सामाजिक काम गर्ने अध्यक्ष पौडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij