२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानको १८ औं डिआरआर पदस्थापन समारोह सम्पन्न

सोमवार , आषाढ ३०, २०८२

बुटवल, ३० असार । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानको १८ औं डिआरआर पदस्थापन समारोह रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । रोट्रयाक्ट डियिट्रक्ट ३२९२ को आयोजना, डिष्ट्रिक्ट अन्तर्गतका २१ वटा क्लबहरुको आतिथ्यता र सातवटा क्लबहरुको सह–आतिथ्यतामा कार्यक्रम भएको हो ।

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ वर्ष २०२४–२५ का डिआरआर विक्रम क्षेत्रीको अध्यक्षतामा पहिलो सत्र  र वर्ष २०२५–२६ का नवनियुक्त  डिआरआर दिनेश गैरेको अध्यक्षतामा दोस्रो सत्रको कार्यक्रम सम्पन्न भएको हो । 
रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर इलेक्ट रोटरियन विष्णु बहादुर कार्कीको प्रमुख आतिथ्यता, रोटरी डिष्ट्रिक्ट सल्लाहकार समितिका को–चिफ रोटरियन प्रोफेसर डा. रामचन्द्र आचार्य, डिष्ट्रिक्ट मेम्बरसिप कमिटी चेयर रोटरियन लक्ष्मण ज्ञवाली, आईसिएम चेयर रोटरियन कृष्ण प्रसाद पाण्डे, इन्ट्रयाक्ट डिष्ट्रिक्टका डिआइआर सुशान्त अधिकारी, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डिआरआर इलेक्ट प्रकाश शर्मा, आइपिडिआइआर दिप्शन अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

समारोहमा वर्ष २०२४–२५ का  डिआरआर विक्रम क्षेत्री विक्रम क्षेत्री र वर्ष २०२५–२६ का नवनियुक्त डिआरआर दिनेश गैरेको परिवारका सदस्यहरू, रोटरीयनहरु, विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारीहरू  एवं रोट्रयाक्ट सदस्यहरु विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू गरी करिब ५ सय जनाको सहभागीता रहेको आयोजकले जनाएका छन् ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा नेपाली चलचित्र ‘मोहर’ टीमको उपस्थिति थियो । प्रमुख कलाकारद्वय पल शाह र बेनिशा हमाल, निर्माता रोटेरियन चुम्बन जंग शाही, नायक पल शाह नायिका बेनिसा हमाल लगायतका कलाकार तथा प्राविधिकहरूले कार्यक्रममा सम्बोधन गर्दै युवाहरूमाझ सकारात्मक सन्देश प्रवाह गर्नुभएको थियो । 

त्यस्तै वर्ष २०२४–२५ का  डिआरआर विक्रम क्षेत्री र वर्ष २०२५–२६ का नवनियुक्त डिआरआर दिनेश गैरेको होम क्लबबीच झण्डा साटासाट गरिएको थियो । नवनियुक्त  डिआरआर दिनेश गैरेलाई गङ ग्याबल प्रदान गरी पद हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा रोट्रयाक्ट डिष्ट्रिक्ट कमिटीका सदस्यहरुलाई पद तथा गोपनियताको  सपथग्रहण समेत गराइएको थियो । त्यस्तै नवनियुक्त  डिआरआर दिनेश गैरेले वर्ष २०२५÷२६ का लागि आफ्ना कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा विभिन्न नृत्य प्रस्तुतिहरू, विगतमा रोट्रयाक्ट डिष्ट्रिक्ट कमिटीमा रहेर काम गर्नुभएका अग्रज एवं पूर्व रोट्रयाक्टरहरुलाई सम्मान, विभिन्न सम्झौताहरूमा हस्ताक्षर , आतिथ्य तथा सह–आतिथ्य क्लबका अध्यक्षहरुलाई मायाको चिनो प्रदानसँगै मोहर फिल्मको गीतमा विशेष नृत्य प्रस्तुति हँुदा कार्यक्रममा थप रौनकता थपिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर इलेक्ट रोटरियन विष्णु बहादुर कार्की, प्रोफेसर डा. रामचन्द्र आचार्य, डिष्ट्रिक्ट मेम्बरसिप कमिटी चेयर रोटरियन लक्ष्मण ज्ञवाली, डिआरआर सुशान्त अधिकारी, डिआरसि रेशम खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

डिआरआर इलेक्ट प्रकाश शर्माको स्वागत, एडिआरआर लक्ष्मण श्रेष्ठको धन्यवाद ज्ञापन तथा डिष्ट्रिक्ट ट्रेजरर अनुप पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को यो विशेष कार्यक्रमले नेतृत्व हस्तान्तरणको परम्परालाई मात्र होइन, युवाको नेतृत्वमा सामाजिक उत्तरदायित्व र सेवाको भावनालाई पनि उजागर गरेको आयोजकको भनाइ छ ।