२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देही–३ उपनिर्वाचन : राप्रपाबाट उम्मेदवारका लागि ६ जना सिफारिस

आइतवार , आषाढ २९, २०८२

भैरहवा, २९ असार । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस गरिएको छ ।  

राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरु क्याप्टेन गौरव बोहरा, इञ्जिनियर प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले उपनिर्वाचनको तयारी गर्ने समेत निर्णय गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो ।

२०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले २०८२ कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको हो ।