२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

जगर्श ग्रुप भैरहवाको अध्यक्षमा थिरेन्द्र श्रेष्ठ

आइतवार , आषाढ २९, २०८२

भैरहवा, २९ असार । जगर्श ग्रुप भैरहवा, रुपन्देहीको १६ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले थिरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

IMG_9505.JPG

प्रमुख निर्वाचन आयुक्त हरिचन्द्र श्रेष्ठका अनुसार संस्थाको उपाध्यक्षमा अनिल के.सी., सचिवमा दिनेश पोखरेल, कोषाध्यक्षमा राजु न्यौपाने, सह–सचिवमा कृष्ण प्रसाद पाण्डे र सह–कोषाध्यक्षमा विष्णु शर्मा चयन हुनुभएको छ । 

त्यस्तै सदस्यमा महेश भट्ट, गोपाल शर्मा, रियाज वारिस, कृष्ण प्रसाद अधिकारी, चन्दन पाठक र बासु बडाल रहनुभएको छ ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै जगर्श गु्रपका संरक्षक हरिचन्द्र श्रेष्ठले संस्थाले रचनात्मक कार्यहरुलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष प्रियबन्धु न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै जगर्शलाई अब्बल संस्थाको रुपमा स्थापित गर्ने अठोटका साथ आफू अगाडि बढेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा गर्न नसकेका केही अधुरो कार्यहरुलाई नयाँ टीमले गर्ने र यो संस्थालाई अझ उचाईंमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका उपाध्यक्ष थिरेन्द्र कुमार श्रेष्ठको स्वागत तथा सचिव अनिल के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष महेश भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै ‘जगर्श अफ द ईयर’ बाट मिलन थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा जगर्श ग्रुपको ज्याकेट अनावरण समेत गरिएको थियो। जगर्श ग्रुप भैरहवामा बिहानी हिंडाइ हिंड्ने समूह हो ।