२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

बौद्ध भिक्षुहरुको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु

बिहिवार , आषाढ २६, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • लुम्बिनी, २६ असार ।  बौद्ध भिक्षुहरुको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान बिहीबारदेखि सुरु भएको छ । असार पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्नुभयो । 

    राजकीय बिहारमा लुम्बिनी बौद्ध महिला समितिको आयोजनामा तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा पूर्व मूख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्व शान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक गतिविधिहरू प्रभावकारी भएको बताउँदै बौद्ध परम्पराको संरक्षण, प्रवद्र्धन र लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।

    राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्मले वर्षावास परम्पराको ऐतिहासिक महत्व, ध्यान र साधनाको अवसरका रूपमा यसको भूमिका र लुम्बिनी जस्तो पवित्रस्थलमा यसलाई निरन्तरता दिनु गौरवको विषय भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी साँस्कृतिक नगरपालिकाका सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्म, स्थानीय जनप्रतिनिधिहरू, बौद्ध संघ–संस्थाका प्रतिनिधिहरू, भिक्षु–भिक्षुणी तथा देश–विदेशका श्रद्धालु भक्तजनहरूको सहभागीता थियो ।

    वर्षबास भनेको बौद्ध भिक्षु भिक्षु हरूले वर्षायामका तीन महिनासम्म एउटै विहार (गुम्बा) मा बसेर ध्यान, अध्ययन र चिन्तन मनन गर्ने परम्परा हो । भगवान बुद्धले प्रतिपादन गरेको २२७ विनयमध्ये वर्षबास पनि एक हो ।

    518157383_1542235150517267_8781340357303034317_n.jpg