२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

जवाफदेहीता र उत्तरदायित्वमा नेताहरु चुकेको दावी

शनिवार , चैत्र २१, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, २१ चैत ।
    नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले जवाफदेहीता र उत्तरदायित्व एकले अर्कालाई दोष थोपरेर नागरिकहरुको समस्याप्रति संवेदनशील बन्न नसकेको दावी गरेका छन् । 

    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको १० औ चार्टर नाईटको शुक्रबार उद्घाटन गर्दै देशको राजनीतिक स्थिरताबाट विकास र सम्बृद्धि आउने भन्दै राजनीतिक मुद्दालाई वार्ता र सम्झौताबाट टुंग्याउन सुझाव दिए । पछिल्लो समय सीमा क्षेत्रमा निकै समस्या देखिएको भन्दै कच्चा पदार्थबाहेकका सवारीले नेपाल प्रवेश नपाएको वर्तमान अवस्थामा धेरै कठिनाई भइरहेको उनले बताए । कोभिड–१९ का कारण देखाउदै सिमामा कडाई गरिदा पर्यटकहरु भित्रिनबाट रोकिदा यसले पर्यटन व्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनले दुःखेसो गरे । सुधारका धेरै कार्यक्रमहरु चलाउन जरुरी रहेको उनले बताए । 

    कार्यक्रममा क्लबका पुर्वअध्यक्षहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले यस क्षेत्रमा क्लबबाट वर्षभरी नै नयाँ र नमूना काम गरेको बताए । कार्यक्रममा राटरी जोन २१ का एजी हरि प्रसाद पौडेल, जोन १९ एजी खिमानन्द भुषाल, रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष ज्ञानोधारा पन्त, पुर्व अध्यक्ष नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, पूर्व अध्यक्ष ओम प्रसाद अर्याल, बालकृष्ण अर्याल, ईलेक्ट प्रेसिडेन्ट विष्णु चापागाई, सचिव दिपक भट्टराईले समाज परिवर्तनमा काममा सामाजिक संघ–संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।