२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

दीपमा सामाजिक सञ्जालसम्बन्धी प्रस्तुतीकरण

मंगलवार , चैत्र १७, २०७७

बुटवल, १७ चैत । 
इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कूलले प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न गरेको छ । सामाजिक सञ्जालको विद्यार्थीमा प्रभाव भन्ने विषयमा गरिएको प्रिजेन्टेसन प्रतियोगितामा ५ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा विद्यार्थीहरूले सामाजिक सञ्जालको सदुपयोग, दुरुपयोग र यसका राम्रा तथा नराम्रा पक्षका बारेमा प्रोजेक्टरका माध्यमबाट आ–आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा पामिर इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरू प्रथम, अक्सफोर्ड इङ्ग्लिश बोर्डिङ स्कूलका विद्यार्थीहरू द्वितीय र क्यानन इङलिस बोर्डिङ स्कूलका विद्यार्थीहरू तृतीय भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २ हजार, द्वितीय हुनेलाई रु १५ सय र तृतीय हुनेलाई रु १ हजारका साथ शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले जल्दोबल्दो विषयमा इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कूलले कार्यक्रम राखेको धन्यवाद दिँदै आगामी दिनमा यस्तै रचनात्मक कार्यको अपेक्षा राखेको बताए ।

विद्यालयका उपप्राचार्य सुरेन्द्रकुमार शाक्यले प्रतियोगिताले विद्यार्थीहरूमा प्रस्तुतीकरण सिप तथा अभिव्यक्ति क्षमता बढाउने र सामाजिक सञ्जालको सदुपयोग गर्नमा जोड दिने दिए ।

इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कूलकी अध्यक्ष ऋषिका रिमालको अध्यक्षता, रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको प्रमुख आतिथ्यता, विद्यालयका उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्वेषा आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । शिक्षक हेमराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।