
सोमवार , चैत्र १६, २०७७
काठमाडौं, १६ चैत ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।
पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै विद्यालय बन्दको निर्णय गरेको हो ।
बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।
शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सह-सचिव दीपक शर्मा, सह-सचिव डा. हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल बैठकमा उपस्थित थिए ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग विद्यालय बन्दका लागि परामर्श गरेका थिए । ‘लाखौं विद्यार्थीमा हुन सक्ने स्वसथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij