२०८२, पौष २६ गते

Jan 10 2026 | २०८२, पौष २६ गते

रामापिथेकसलाई ईन्टर रोट्याक्टको उपाधि

शनिवार , चैत्र १४, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • बुटवल, १४ चैत ।
    रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सम्पन्न गरिएको ईन्टर रोट्याक्ट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि रोट्याक्ट क्लब अफ रामापिथेकसले हात पारेको छ । रामनगरस्थित खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीलाई पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै रामापिथेकसले नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका थिए । उपविजेता तिलोत्तमा रुपन्देही १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । 

    प्रतियोगितामा बेष्ट ब्याटसम्यान दुर्गेश यादव, बेष्ट बलर रुपेश कुर्मी, रोट्याक्ट केलब अफ बुटवलका म्यान अफ सिरिज सन्दिप खत्री घोषित हुँदै पुरस्कृत भएका थिए । 

    एक समारोहकाबीच रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान जोन १९ एजी खिमानन्द भुसाल, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, आयोजक क्लबका संस्थापक अध्यक्ष मोहन न्यौपाने, क्लबका अध्यक्ष सुभाष केसी, विक्रम क्षेत्रीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए। 

    त्यसै गरी महिलातर्फ भएको खेलमा रोक्याक्ट क्लब अफ सेन्ट्रल बुटवल विजेता रह्यो। उसले रोट्याक्ट क्लब अफ तिनाउ बुटवललाई फाइनलमा पराजित गरेको थियो । दुई दिनसम्म संचालन भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको संयोजक निशान्त कंडेलले बताए । पाल्पाली हार्डवेयरले प्रतियोगितालाई सौजन्य गरेको थियो ।