
बिहिवार , चैत्र १२, २०७७
तिलोत्तमा, १२ चैत ।
अभिभावक संघ रुपन्देहीले कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको भन्दै आवश्यक सचेतना अपनाउन सम्पूर्ण अभिभावकमा अपिल गरेको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर आयो भन्दैमा त्रसित नहुन तर आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरेको हो ।
संघका अध्यक्ष लोकनाथ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा बालबालिकालाई विद्यालय पठाउँदा स्वास्थ्य मापदण्ड अपनाएर पठाउन, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा कोरोना संक्रमणबाट डराएर होइन सावधानी र सतर्कता अपनाएर अगाडि बढ्न सके जोगिन सकिने भन्दै यसतर्फ संवेदनशील हुन पनि विद्यालय परिवार, अभिभावक र विद्यार्थीहरुमा अनुरोध गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij