२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रुपन्देही जिल्ला प्रशासनले भन्यो– होली पर्वमा भिडभाड नगर्नु

मंगलवार , चैत्र १०, २०७७

भैरहवा, १० चैत ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ को संक्रमण बढ्न नदिनका लागि नजिकै आइरहेको फागु पूर्णिमा (होली) पर्वका अवसरमा भिडभाड नगर्न अनुरोध गरेको छ ।

मंगलबार सूचना जारी गर्दै कार्यालयले स्वास्थ्य मन्त्रालयबाट २०७७ चैत ८ गते जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न/गराउन आग्रह गरेको छ । प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले सूचना जारी गर्दै यस्तो अनुरोध गरेका छन् । janak thapa.jpg

‘हाल कोभिड–१९ को प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशिल भइ संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भएको सन्दर्भमा खुल्ला सीमानाको कारण सीमा नाकाहरुबाट मानिसको आवतजावत बढी भएको देखिएको छ, ’सूचनामा उल्लेख छ ।