२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

बेलहिया नाकामा पुनः हेल्थ डेस्क स्थापना

मंगलवार , चैत्र १०, २०७७

भैरहवा, १० चैत । 
रुपन्देहीको बेलहिया नाकामा पुनः हेल्थ डेस्कको स्थापना गरिएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर देखिन थालेपछि सीमा नाकामा उच्च स्वास्थ्य सर्तकता अपनाउनको डेस्कको स्थापना गरिएको हो । 

भारतमा संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि स्थल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने मुख्य नाकाको रुपमा रहेको बेलहिया नाकामा हेल्थ डेस्कको स्थापना गरिएको हो ।

रोजगारीका लागि भारत गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सिमा क्षेत्रमा जोखिम बढेको भन्दै सरकारले १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाउन भनेको थियो । बेलहिया नाकामा स्वास्थ्य डेस्क स्थापना गरी सेवा सुरु गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

संक्रमण नेपालमा पनि भित्रिन सक्ने सम्भावना रहेको र मलेरियाका बिरामीको पनि परीक्षण हुने गरी नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण सुरु गरिएको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयकै पहलमा, जिल्ला प्रशासन कार्यालय, सिद्धार्थनगर नगरपालिका तथा संघ–सस्थाको सहयोगमा सीमा क्षेत्रमा दुईवटा टेन्ट निर्माण गरी स्वास्थ्य सेवा सुरु गरिएको उनले बताए । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामाग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराएको डा. गिरीले बताए । भारतबाट नेपाल आउने प्रत्येक व्यक्तिको ज्वरो चेक हुने उनले बताए । शंकाष्पद विरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किटबाट रीरक्षण गरिने हुने बताए ।

कोरोना भाइरससंगै लामखुट्टको टोकाइबाट हुने मलेरियाको पनि किटमार्फत स्वास्थ्य डेस्कमा परीक्षण हुुने गिरीले जानकारी दिए । कोरोना पोजिटिभ देखिएकालाई क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको उनले बताए । IMG_6046.JPG

लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले भारतका केही स्थानमा कोरोना महामारी फैलिएको अवस्थाका कारण सतर्कता अपनाउन प्राथमिक व्यवस्थापन अन्तर्गत हेल्थ डेस्क स्थापना गरिएको बताए । जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेशका प्रमुख सचेतक समेत रहेका पाण्डेयले भने, ‘यस वर्ष गत वर्षको जस्तै नेपालमा कोरोना भाइरसको संक्रमण फैलिने कल्पना नगरौं, अबको अभियान भनको जागरुक अभियान हो, नागरिकमा जति सचेतना फैलाउँछौं, त्यत्ति नै कोरोेना भाइरस संक्रमणबाट बच्न सक्छौं ।’IMG_6063.JPG