२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा जोखिम बढ्यो, पुनः लकडाउनको सम्भावना

आइतवार , चैत्र ८, २०७७

नईदिल्ली, ८ चैत्र।

केही दिनयता भारतका मुम्बई लगाएतका शहरमा कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ। कोरोना संक्रमण बढ्न थालेपछि मुम्बई लगाएतका शहरमा सतर्कता बढाउनुका साथै ब्यस्त क्षेत्रमा कोरोना परिक्षण अनिबार्य गरिएको छ। 

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ। भारतबाट नेपाल आउने सिमा नाकामा कोरोना परिक्षणको ब्यबस्था नगरिएको, लामो खुल्ला सिमा रहेको, मानिसको आवत जावत पनि कडाई नगरिएका कारण नेपालमा जोखिम बढेको हो। 

नेपालमा पनि कोरोना संक्रमण बढ्ने संकेत देखिएको र संक्रमित बढ्दै गएर समस्या उत्पन्न हु्ने अवस्था आएमा पुनः लकडाउन हुन सक्ने सम्भावना रहेको बिज्ञहरु बताउछन्। दोश्रो चरणको संक्रमण रोक्न सबै प्रकारका सतर्कता र सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ। भारतमा स्थानीय सरकार मार्फत् सपिङ सेन्टर र ट्रेन स्टेसन जस्ता व्यस्त र भीडभाड हुने क्षेत्रमा द्रुत विधिमार्फत् कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। सरकारले कोरोना परीक्षण गर्न नमान्नेलाई कारवाही गरिने चेतावनी समेत दिएको छ। 

भारतकै कोरोना हटस्पटका रुपमा हेरिएको महाराष्ट्र राज्यमा रहेको मुम्बई शहरमा मात्रै पछिल्लो २४ घन्टामा झण्डै ३ हजार मानिस कोरोना संक्रमित भएका छन्। भारतमा पछिल्लो २४ घन्टामा मात्रै ४३ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो चार महिनामा भारतमा संक्रमण ४० हजार नाघेको छ। भारतमा कोरोना संक्रमणकै कारण झण्डै १ लाख ६० हजारको मृत्यु भइसकेको छ भने कोरोना संक्रमित हुनेको संख्या १ करोड १५ लाख नाघेको छ।