images

सोमवार, बैशाख १७ गते २०८१

बासस्थान विनासले नेपालमा जलपंक्षी घट्दै

बासस्थान विनासले नेपालमा जलपंक्षी घट्दै

images
images
images
आइतवार, चैत्र ८ २०७७
आइतवार, चैत्र ८ २०७७
  • बासस्थान विनासले नेपालमा जलपंक्षी घट्दै

    भैरहवा, ८ चैत ।
    नेपालमा रहेका सिमासार क्षेत्रमा जलपंक्षीहरुको संख्या घट्दो क्रममा रहेको अध्ययनले देखाएको छ । विगत ३४ वर्षदेखि जलपंक्षीहरुको गणना, रेखदेख र अध्ययन गर्दै आएको एसियन जलपंक्षी गणना नेपालको तथ्यांकले नेपालको सिमसार क्षेत्रमा जलपंक्षीहरुको संख्या घट्दै गएको देखाएको हो । 

    नेपालमा रहेका सिमसार क्षेत्रमध्ये केही सिमसार क्षेत्रमा जलपंक्षीको संख्या बढे पनि अधिकांश स्थानमा भने घट्दो क्रममा रहेको एसिएन वाटर बर्ड सेन्सस नेपालका संयोजक डा. हेमसागर बरालले जानकारी दिए । बरालका अनुसार सिमसार क्षेत्रमा देखिएका बाधा व्यवधान, बासस्थानको विनास, चोरी सिकारी लगायतका कारण सिमसारमा आधारित तथा जलपंक्षी घट्दै गएको हो । चरा संरक्षणका लागि तीनै तहका सरकार, सरोकारवाला निकाय, स्थानीय समुदायले अग्रसरता र अपनत्व लिए चराको संख्यामा बृद्धि गर्न सकिने उनको बुझाइ छ ।

    अर्कोतर्फ विदेशका बिभिन्न देशमा पनि जलपंक्षीको संख्यामा गिरावट आएका कारण त्यसको असर नेपालमा पनि परेको छ । चराविद् बरालले भने, ‘विदेशमै चरा घटेका कारण नेपाल आउने चरामा कमी आएकाले नेपालमा चराको सङख्यामा कमी आएको देखिएको छ । Jal panchi (2).JPG

    images

    रुपन्देहीको गैडहवा ताल, गजेडी ताल, कपिलवस्तुको जगदीशपुर ताल, सुनसरीको बर्जु तालमा पछिल्ला वर्षहरुमा जलपंक्षीको संख्यामा निकै कमी आएको छ । 

    सन् २०२० मा १८ हजार चरारहेको जगदीशपुर तालमा अहिले घटेर १२ हजारमा झरेको छ । त्यस्तै सुनसरीको बर्जु ताल तथा कोशी टप्पुमा पनि चराको संख्या घट्दो क्रममा रहेको छ । चितवनमा यथावत रुपमा रहेको छ भने पोखरामा घटबढ भइरहेको छ । 

    लुम्बिनी क्षेत्रमा भने विगतमा भन्दा केही बढ्दो क्रममा रहेको बरालले बताए । लुम्बिनीमा सिमसार क्षेत्रको संरक्षण तथा बुद्ध जन्मस्थल क्षेत्र भएकाले चोरी सिकारी तथा अमानवीय कार्य कम भएकाले लुम्बिनीमा चराहरु बढ्दै गएको उनको भनाइ छ । लुम्बिनीमा रहेको पोखरीलाई लुम्बिनी विकास कोषले संरक्षण गरेका कारण त्यस क्षेत्रमा भने बढ्दो क्रममा रहेको हो । 

    लुम्बिनीमा रहेको पुस्करणी पोखरी, सारस संरक्षण क्षेत्र, विश्व शान्ति स्तुपको आसपासको क्षेत्र, पवित्र उद्यान क्षेत्रको गोलाई पोखरी लगायतका पोखरीमा जलपंक्षीहरु बस्ने गर्दछन् ।

    नेपालमा भइरहेको अव्यवस्थित विकासले पनि चराहरुको बासस्थानमा समस्या पारेको छ । अवैज्ञानिक नदी दोहन, बढ्दो क्रममा भइरहेको तालतलैया सुकाउने कार्य, विषादी प्रयोग गरेर माछा मार्ने कार्य लगायतले जलपंक्षी/चराहरुको बासस्थान विनास हुँदै गएको छ । नेपालमा सिमसार क्षेत्र पनि खुम्चिदै गएका कारण समस्या थप जटिल बन्दै गएको हो । नेपालमा सिमसारमा आश्रित २ सय प्रजातिका चराहरु रहेका छन् भने जलपंक्षी १ सय ५० बढी रहेका छन् ।

    देशभरी ६०÷७० हजारको हाराहारीमा जलपंक्षी रहेका छन् । नेपालका सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि थुप्रै काम गर्नुपर्ने हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीले बताए ।

    नेपालका कोशी टप्पु, हेटौडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका ठाउँमा जलपंक्षी रहेका छन् । 

    पानी, सिमसार र घाँसेमैदानमा समेत बस्ने ३ सय बढी चरा लुम्बिनी आसपास देख्न पाइने हँुदा मुलुकको चरा पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीले बताए । लुम्बिनी तथा आसपासका क्षेत्रलाई चराहरुको स्वर्गको रुपमा टिकाइ राख्नका लागि सिमसार क्षेत्रको व्यवस्थापन सरकारका साथै स्थानीय समुदायको अग्रसरता र अपनत्व हुन जरुरी रहेको सुवेदीले बताए । उनले जलपंक्षीको संरक्षणका लागि बासस्थान संरक्षण, खेतवारीमा प्रयोग गरिने विषादीको नियन्त्रण, माछा मार्नका लागि तलाउ तथा पोखरी सुकाउने कार्य रोक्न सकिए जलपंक्षीको संरक्षण हुने बताए । 


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij