२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

उपप्रमुख डंगोलसँग फिनल्याण्डका राजदुतको भेट

मंगलवार , मंसिर २, २०८२

  • 682
    Shares
  • 682
    Shares
  • काठमाडौं, २ मंसिर । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदुत पेट्री पुहाक्काले शिष्टाचार भेट गर्नुभएको छ ।

    भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको हो । चक्रीय अर्थव्यवस्थाको उदाहरणका रुपमा फोहर व्यवस्थापनको विषय उठाउँदै उपप्रमुख डंगोलले, फोहरबाट मोहर बनाउने अभियानमा लामो समयदेखि काम हुँदै आएको बताउनु भयो ।

    फोहरलाई कम्पोष्ट गरेर मल बनाउने, यसरी बनाइएको मलको प्रयोग गरेर कौसी तरकारी खेती गरेर फल, फूल तथा तरकारी उब्जाउने कार्यक्रम महानगरपालिकाले नियमित सञ्चालन गरिरहेको बताउनु भयो । 

    फोहरका रुपमा फालिएका कागज, प्लाष्टिक जस्ता वस्तु संकलन गरेर दैनिक उपभोग्य बस्तु, सजावटका सामान बनाउने यसलाई उद्यमका रुपमा विकास गर्ने कामलाई समुदाय स्तरमा सञ्चालन गरिएकोले यसबाट स्थानीय आयमा टेवा पुगेको उपप्रमुख ंडंगोलले बताउनु भयो ।

    त्यस क्रममा राजदुत पुहाक्काले आफूहरुले मधेस र कर्णाली प्रदेशमा स्वच्छता तथा सरसफाईका लागि काम गरिरहेको बताउँदै महानगरपालिकासँग पनि सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो ।