२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

एक्सपर्टले भैरहवामा लेखासम्बन्धि तालिम तथा अन्तरक्रिया गर्दै

शुक्रवार , चैत्र ६, २०७७

भैरहवा, ६ चैत ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजना तथा स्टडी इनफो सेन्टरको सहकार्यमा भैरहवामा एकदिने निःशुल्क लेखा सम्बन्धि सेमिनार (तालिम) तथा अन्तरक्रिया कार्यक्रम (फ्री सेमिनार प्राक्टिकल ज्ञान) हुने भएको छ । चैत ७ गते शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको सभाहलमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने कार्यक्रममा यस क्षेत्रका शैक्षिक, व्यवसायिक तथा विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तित्व तथा विद्यार्थीहरुको सहभागिता रहने एक्सपर्टले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरु तथा लेखा क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई सहभागि गराइने एक्सपर्टको भनाइ छ । 

विद्यार्थीहरुलाई लेखा सम्बन्धि ज्ञान दिने र उद्योग व्यवसायसम्बन्धि विद्यार्थीहरुमा रहेको जिज्ञासा मेटाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट नेपाल फाउण्डेशनका अध्यक्ष रोशन कंडेलले बताए । ‘२ सय विद्यार्थीहरुको सहभागिता रहने कार्यक्रमबाट ५० जना विद्यार्थीहरुलाई छनौट गरेर उहाँहरुलाई एकमहिने तालिममा सहभागि गराउनेछौं, त्यसमध्ये १० जनालाई रोजगारीको व्यवस्था गर्नेछौं, ’कंडेलले भने ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी (गुणनिधी), क्रिमसन कलेज, नवज्योति उच्च मा.वि.का निर्देशक तथा पश्मिाञ्चल विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत लक्ष्मण ज्ञवाली, शिक्षाविद् बालकृष्ण भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष भिष्म प्रसाद न्यौपाने, संघका महासचिव विजय पाण्डे, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष जे.पी. कंडेल, महासचिव विष्णु बराल, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डेय, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, पञ्चकन्या गु्रपका निर्देशक धुर्व श्रेष्ठ, सिद्धार्थ गु्रपका निर्देशक रोहित अग्रवाल, सीएद्वय प्रेम भुर्तेल, प्रमोद पन्थी, एन.एम.बी. बैंकका एरिया प्रमुख युवराज पाठक, मेघा बैंकका शाखा प्रबन्धक कृष्ण भण्डारी, मोटिझेसनल स्पीकर सुबोध भट्टराई, लुम्बिनी प्रादेशिक अस्पतालका (मेडिकल टेक्नोलोजी) उपप्रमुख युवराज न्यौपाने, मुनलाइट आवासीय मा.वि.का प्राचार्य राजेशराज जोशी, काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरे, नेपाल नालन्दा आवासीय मा.वि.का प्राचार्य कमल कोइराला, न्यू इरा इङलिस बोर्डिङ स्कूलका प्राचार्य लक्ष्मण ज्ञवाली, जेसिज इङलिस बोर्डिङ स्कूलका प्राचार्य हिरा गुरुङ, साई ग्लोबलका सरोजकमल श्रेष्ठ, बृहस्पति कलेजका इभराज उपाध्याय, प्रतिमान निमा मेमोरियल हेल्थ इन्ष्टिच्युटका सीएमएलटी कोर्डिनेटर गौरव चौधरी, एक्सपर्ट भैरहवाका प्रमुख सुरज भण्डारी, लेखा प्रशिक्षक गोविन्द घिमिरे, सेन्चुरी कमर्सियल बैंकका शाखा प्रमुख प्रकाश गौतम लगायतको उपस्थिति रहने एक्स्पर्टले जनाएको छ ।

कार्यक्रममा सहभागी उद्योगी÷व्यवसायीहरुले उद्योग व्यवसायका अनुभवहरु सुनाउने र विद्यार्थीहरुले पनि जिज्ञासा राख्ने कंडेलले जानकारी दिए । 

एक्सपर्टले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ । विश्वका १३ वटा देशमा रहेको एक्सपर्टको नेपालमा २३ वटा शाखा रहेको भैरहवा शाखा प्रमुख सुरज भण्डारीले बताए । भैरहवाको नयाँ सडकस्थित काशी कम्प्लेक्समा एक्सपर्टको शाखा रहेको छ । एक्सपर्टले क्रिकेट प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता लगायत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यस्तै संस्थाले विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्वसिप विकासको लागि विभिन्न कार्यक्रमहरुका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।