२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा भीम अस्पतालमा फलफूल वितरण

मंगलवार , फाल्गुण २०, २०८१

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, २० फागुन । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीले फलफूल वितरण कार्यक्रम गरेको छ । संघले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा मंगलबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।

    संघका प्रथम उपाध्यक्ष सुनिल सेन्चुरीका अनुसार अस्पतालमा भर्ना भइ उपचाररत ६० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । संघले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु गर्दै आएको संघका अध्यक्ष राजन रसाइलीले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले आफ्नो स्थापना दिवसको अवसरमा सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले राम्रो कार्य गरेको बताए ।

    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, लुम्बिनी प्रदेश सुनचाँदी व्यवसायी संघका निवर्तमान उपाध्यक्ष विक्रम सुनार, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, सचिव सतिश कुमार कौसल (दीपक) लगायतले भनाइ राखेका थिए ।

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन रसाइलीको अध्यक्षता, कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष प्रेम रामदामको स्वागत तथा महासचिव गणेश वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।