२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

बाध्यबादन तालिम सुरु

सोमवार , फाल्गुण १९, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १९ फागुन । सक्षम सहारा बहुउद्देश्यीय महिला समूह, किशोरपुरको आयोजना तथा सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भैरहवामा १० दिने बाध्यबादन तालिम सुरु भएको छ । सिद्धार्थनगर–६ स्थित सक्षम सहारा बहुउद्देश्यीय महिला समूहको सभाहलमा महिलाहरुका लागि आइतबारदेखि तालिम सुरु भएको संस्थाकी अध्यक्ष शान्ता कंडेलले बताइन् । अध्यक्ष कंडेलका अनुसार तालिममा १६ जना प्रशिक्षार्थीहरु सहभागी छन् ।

    तालिमको उद्घाटन गदैै प्रमुख अतिथि सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले तालिममा सिकेका सीपको उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले तालिमको सफलताको शुभकामना दिए । अध्यक्ष श्रीवास्तले भने–‘यो राम्रो कार्यक्रम हो ।’

    विशिष्ट अतिथि सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले वडा कार्यालयले सक्षम सहारासँग हातेमालो गर्दै अघि बढेको बताए । उनले आगामी दिनमा संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलको अध्यक्षता तथा सदस्य शान्ता भण्डारीको सञ्चालनमा भएको तालिमको उद्घाटन कार्यक्रममा हिन्दू युवा बाहिनी लुम्बिनी प्रदेशका अध्यक्ष पुरन सिंह राना, जिल्ला अध्यक्ष लक्ष्मण गुप्ता, किशोरपुर गाउँ समाजका अध्यक्ष पुमन क्षेत्री, रुपन्देही नागरिक समाजका सल्लाहकार ठाकुर प्रसाद गुरौ लगायतको आतिथ्यता रहेको थियो ।  तालिममा प्रशिक्षक किशोर वि.क.ले प्रशिक्षण दिएका छन् ।

    481657966_1647315199326768_1132203363357190642_n.jpg