
बिहिवार , चैत्र ५, २०७७
बुटवल, ५ चैत ।
पेडल फर एजुकेशनको अभियानमा साथ हिडेका साईक्लिष्ट देवेन्द्र बस्नेतलाई रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बुटवलले बुटवलमा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । बिहीबार बुटवल आइपुगेका बस्नेतलाई स्वागत गर्दै क्लबका पदाधिकारीहरुले सहयोग गर्ने प्रतिवद्घता जनाए । क्लबका अध्यक्ष बालकृष्ण पोखरेल, सचिव ज्ञानु बस्यालले पुष्पगुच्छा र खादा ओढाएर सम्मान गर्दै यस क्षेत्रमा रहेका ३५ क्लबहरुसंग सहकार्य गरेर अभियानलाई सहयोग गर्ने बताए ।
कार्यक्रममा अभियन्ता देवेन्द्र बस्नेतले दुरदराजमा रहेका बालबालिकाको शिक्षाका लागि आफू यात्रामा हिंडेको बताए । अहिलेसम्म करीब साढे ९ लाख रुपैयाँ रकम उठेको उनले बताए ।
करिब १ हजार २ सय किलोमिटर दुरी पार गर्ने लक्ष्यसहित विद्यालयको सहयोगमा २२ लाख रकम उठाउने गरी अभियान थालेको उनले बताए । हाल उनी दैनिक एक सय किलोमिटरको दुरी पार गरिरहेका छन । रोटरी फण्डलाई एक हजार डलर योगदान गरेर सदस्य लिएको एक मात्र क्लब भएको संस्थापक अध्यक्ष सुमन बस्यालले बताउँदै शिक्षा, स्वास्थ्य लगायत विभिन्न अभियानमा आफुहरुले सहयोग गरेको बताए । क्लबमा सुरुवातमा २३ जनाबाट अहिले ५५ बढी सदस्यहरु छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij