२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सरकारले सम्झौता कार्यान्वयन गरेन : टाईगर्स

बिहिवार , चैत्र ५, २०७७

भैरहवा, ५ चैत । 
तराई मधेश जनता पार्टी (टाईगर्स) विगतमा आफ्नो पार्टी र सरकारबीच भएको सम्झौता अनुसार सरकार अगाडी नबढेको बताए । आफूहरु शान्तिपूर्ण राजनीतिमा आइसके पनि सरकारकोतर्फ सम्झौता कार्यान्वयन नगरिएको सो पार्टीको भनाइ छ ।

बिहीबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी टाईगर्सले २०७५ मंसिरमा  सरकार र टाईगर्सबीच भएको ११ बुंदे सम्झौता कार्यान्यवन नभएको बताएको छ । टाईगर्सका केन्द्रीय सचिव मेजर पाण्डेले हालसम्म पनि कारागारमा रहेका नेता कार्यकर्तालाई रिहाई नगरिएको बताए । उनले कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता नगरिएको बताए । 

‘हामी सरकारसंग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आयौं, हतियार पनि बुझायौं, तर वार्ता पश्चात पनि सरकारले सम्झौता कार्यान्वयन गरेको छैन, पाण्डेले भने । त्यस्तै सहिद परिवारलाई क्षतिपूर्ति पनि नदिइएको उनको भनाइ छ ।

विगतमा भएको ११ बुँदे सम्झौताको कार्यान्वयन सरकारले यही चैत महिनाभित्र गर्नुपर्ने उनले माग गरे । चैतभित्र पनि सम्बोधन नभए पार्टी आन्दोलनमा जाने पाण्डेले बताए । 

‘सम्झौता अनुसार सरकार अगाडी नबढेकोले हालसम्म निर्वाचन आयोगमा दल दर्ता गराएका छैनौं, सरकारले हामीलाई अगाडी बढ्ने वातावरण नै सिर्जना गर्न सकेन, ’उनले भने ।