२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

नदीजन्य पदार्थको चोरीमा संलग्न दुईवटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

मंगलवार , फाल्गुण १३, २०८१

  • 940
    Shares
  • 940
    Shares
  • भैरहवा, १३ फागुन । नदीजन्य पदार्थको चोरीमा संलग्न सवारीसाधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको टोलीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    सियारी गाउँपालिका–७ स्थित अमुवाबाट आइतबार अवैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । डीएसपी कार्कीका अनुसार लु २ त ३१३९ र लु ४ त ५४४ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो 

    नियन्त्रणमा लिइएको सवारीसाधनहरुलाई आवश्यक कारवाहीका लागि सियारी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ९० हजार रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ ।