२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

१० वटा लायन्सको आयोजनामा गौशालामा आहारा प्रदान

शनिवार , फाल्गुण १०, २०८१

  • 646
    Shares
  • 646
    Shares
  • बुटवल, १० फागुन । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्र्तगतका  १० वटा क्लबले कपिलवस्तुको कोठीखोला कपिलवस्तु गौशालामा सहयोग प्रदान गरेका छन् । गौशालामा एक कार्यक्रमको आयोजना गरी गौआहारको रुपमा चापट, ब्रान, साईलेज गरी एक ट्याक्टर पराल प्रदान गरिएको कार्यक्रम संयोजक डिष्ट्रिक को–चिफ सीता भट्टराईले जानकारी दिइन् ।

    कार्यक्रममा बाणगंगा नगरपापालिका–२ का वडाअध्यक्ष विष्णु प्रसाद पौडेललाई डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले गौआहारा प्रदान गरी कार्यक्रम शुभारम्भ गरेका थिए  । गौशाला व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष पौडेलले गौशालाको लागि लायन्स क्लबले गरेको सहयोगको उच्च प्रशंसा समेत गरेका थिए ।  

    कार्यक्रममा डिष्ट्रिक गभर्नर प्रधानाङ्गले सामाजिक सेवा भावले लायन्सले मानिसको साथै पशु कल्याणमा समेत जोड दिएका थिए ।  लायन्स क्लब अफ बुटवल फुलबारी, लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल सयपत्री, लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज, लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ बुटवल भृकुटी प्याराडाईज, लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटी, लायन्स क्लब अफ बुटवल शंकरनगर वाटिका, लायन्स क्लब अफ बुटवल मुक्तिनाथ र लायन्स क्लब अफ बुटवल भृकुटी टाउनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का फस्ट भिडिजी बालाराम भट्टराई, डिष्ट्रिक चिफ एड्भाईजर खेम हमाल, जिएटी आशिष कृष्ण श्रेष्ठ, डिष्ट्रिक जीटी मीना पन्थी, जीएमटी दीपक श्रेष्ठसहित डिष्ट्रिकका विभिन्न पदका पदाधिकारीहरु र क्लबका अध्यक्षसहित सचिव र पदाधिकारीहरुको सहभागीता थियो ।

    WhatsApp Image 2025-02-20 at 7.41.07 PM.jpeg
    undefined