
बिहिवार , फाल्गुण ८, २०८१
भैरहवा, ८ फागुन । स्वर्गीय श्री रामनारायण मल्लिक (उप-प्रधानपञ्च) स्मृति सेवा समिति गठन गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा बुधबार सिद्धार्थनगरमा भएको भेलाले उदय कुमार मल्लिकको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । स्वर्गीय रामनारायण सिद्धार्थनगर नगरपालिका (भैरहवा नगर पञ्चायत) का तत्कालिन नगर उपप्रमुख (उप–प्रधानपन्च) हुन् ।
सिद्धार्थनगर नगरपालिकामा शिक्षा, स्वास्थ्य र सामाजिक कार्यहरु गर्ने र स्व. रामनारायण मल्लिकले नगरको विकासका लागि गरेका कार्यहरुबारे जानकारी गराउने उद्देश्यले संस्था स्थापना गर्न लागिएको अध्यक्ष मल्लिकले बताए । अध्यक्षमा जिम्मेवारी पाएका मल्लिक सि.बि. पब्लिक हाई स्कूल भैरहवाका प्रिन्सिपल, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष, सामूहिक विद्यालय परिवार रुपन्देहीका पूर्वअध्यक्ष, रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य लगायत विभिन्न संघ–संस्थामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
समितिको उपाध्यक्षमा शैलेन्द्र कुमार मल्लिक (अनिल), सचिवमा धिरज कुमार मल्लिक, कोषाध्यक्षमा अविनाश मल्लिक, सह–सचिवमा विवेकानन्द मल्लिक र सह–कोषाध्यक्षमा दिपक कुमार मल्लिक रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा ज्ञानेन्द्र कुमार मल्लिक, दिपेन्द्र कुमार मल्लिक, विद्यानन्द मल्लिक, दिगविजय मल्लिक (रोशन) र वेदानन्द मल्लिक रहेका छन् ।
समितिको संरक्षकमा प्रमिलादेवी मल्लिक, उदित नारायण मल्लिक र मन्जुदेवी मल्लिक तथा प्रमुख सल्लाहकारमा धिरेन्द्र कुमार मल्लिक, कानूनी सल्लाहकारमा दिलिप कुमार मल्लिक, सल्लाहकारमा महेन्द्र मल्लिक, नागेन्द्र मल्लिक, विपिन मल्लिक, देवेन्द्र मल्लिक, रत्नेश मल्लिक, सुरेन्द्र नारायण मल्लिक, उपेन्द्रनाथ मल्लिक र निरज कुमार मल्लिक रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij