२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

गायिका बेल्बासेको ‘तिम्रो बोली अघाइन सुनेर’ गीत सार्वजनिक

सोमवार , फाल्गुण ५, २०८१

भैरहवा, ५ फागुन । गायिका मिना बेल्बासेको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो बोली अघाइन सुनेर’ बोलको उक्त गीत नवीन घिमिरेको शब्द तथा रचनामा तयार पारिएको हो । गीतमा युवक र युवतीबीचको गहिरो प्रेम सम्बन्धलाई मनछुने शैलीमा चित्रण गरिएको छ । बजारबाट राम्रो प्रतिक्रिया पाएको यो गीतले प्रेमी–प्रेमिकाबीचको भावनात्मक सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । गीतको स्वरमा मिना बेल्बासेलाई लक्ष्मण चापागाईंले साथ दिएका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि सक्रिय गायक लक्ष्मण चापागाईंले कला तथा संगीत अध्ययन गरेर औपचारिक रूपमा गायन यात्राको थालनी गरेका थिए । उनका धेरैजसो गीतहरू लोकप्रिय भएका छन् ।हालै मात्र ‘राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड’ जितेका गायक चापागाईंको पछिल्लो चर्चित गीत ‘बग्दै होला दरम खोलानी’ हो । गायिका मिना बेल्बासे पनि अवार्ड विजेता हुन् ।

बेल्बासेले हरेक वर्ष तीज गीतलगायत विभिन्न विधाका गीत सार्वजनिक गर्दै आएकी छन् । औपचारिक संगीत यात्राबाट करिअर सुरु गरेकी उनी २०८० को ‘विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड’ जितेकी थिइन् । ‘तिम्रो बोली अघाइन सुनेर’ गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ ।