२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

नेपाल समाजवादी (नयाँ शक्ति) को केन्द्रीय सदस्यमा रुपन्देहीका पंकज राई विजयी

शुक्रवार , फाल्गुण २, २०८१

  • 676
    Shares
  • 676
    Shares
  • रुपन्देही, २ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको केन्द्रीय सदस्यमा रुपन्देहीको बुटवलका पंकज राई विजयी भएका छन् । काठमाडौंमा भएको पार्टीको पहिलो अधिवेशनबाट उनी अत्याधिक मतका साथ विजयी भएका हुन् ।

    राईले  केन्द्रीय सदस्यमा आदिवासी र जनजाति युवातर्फबाट ३ सय २३ मत ल्याएका थिए । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको उक्त पार्टीमा स्थापना कालदेखि राई सक्रिय छन् । उनले पार्टीका विभिन्न पदमा बसेर काम गरिसकेका छन् । 

    निर्वाचित भएपछि राईले अगामी दिनमा पार्टीलाई थप व्यवस्थित गर्न, स्पष्ट दिशानिर्देश गर्नको महत्वपूर्ण  भूमिका निर्वाह गर्ने बताए । उनले भने,–‘केन्द्रिय सदस्यमा निर्वाचित गराउन भुमिका खेल्नुभएकोमा सबैप्रति हार्दिक आभार । आजैदेखि म पार्टीको काम र समाजसेवामा थप सक्रिय भएर लाग्नेछु ।’

    राई बुटवलका युवा व्यवसायी हुन् । निरन्तर युवाका आवाज, भ्रष्टाचार र बेथितिको विषयमा निरन्तर आवाज उठाएका कारण उनी पार्टीमा निकै लोकप्रिय बन्न पुगेका हुन् । 

    pankaj rai (1).jpg

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डाक्टर बाबुराम भट्टराई  निर्वाचित भएका छन् ।  उनी ७ सय ६१ मत ल्याएर निर्वाचन हुँदा प्रतिष्पर्धी नेत्र चापागाईंले ६३ मत पाए । त्यस्तै, उपाध्यक्ष ‘खस आर्य’ ईश्वर रिजाल, उपाध्यक्ष ‘आदिवासी जनजाती’ टेक बहादुर बाठामगर, उपाध्यक्ष ‘दलित’ दुर्गा सोब, उपाध्यक्ष ‘महिला’ मानुषी यमी भट्टराई, उपाध्यक्ष ‘मधेशी’ उमेश शाह, महासचिव ‘खुला’ सोनाम सिंह स्याङ्तान, सचिव ‘खुला’ लक्ष्मण कार्की, सचिव ‘खुला’ भरतराज दाहाल, सचिव ‘महिला’ आशाकुमारी तामाङ, कोषाध्यक्ष हरि रिजाल निर्वाचित भएका छन् ।