२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा प्रहरी कार्यालयलाई फ्रिज हस्तान्तरण

मंगलवार , माघ २९, २०८१

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा, २९ माघ । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१२, रुपन्देहीले प्रहरी कार्यालयलाई फ्रिज हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देहीलाई एकथान फ्रिज हस्तान्तरण गरिएको संघका प्रथम उपाध्यक्ष सुनिल सेन्चुरीले बताए ।

    वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढालाई फ्रिज हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा संघका कोषाध्यक्ष विनोद रसाइलीले जानकारी दिए ।

    कार्यक्रममा सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका संस्थापक तथा पूर्वअध्यक्ष श्याम कुमार वि.क.ले आगामी दिनमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन रसाइलीको अध्यक्षता, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रेम रामदामको स्वागत तथा महासचिव गणेश वि.क.को सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, निवर्तमान अध्यक्ष रामकिसन सेन्चुरीको उपस्थिति रहेको थियो ।