२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

यदुवंशी युवा समाज भैरहवाद्वारा मिनी म्याराथन

सोमवार , माघ २८, २०८१

  • 829
    Shares
  • 829
    Shares
  • भैरहवा, २८ माघ । ‘सबैको सहभागीता हाम्रो प्रयास, स्वस्थ जीवन सुन्दर समाज’ भन्ने मूल नाराका साथ यदुवंशी युवा समाज भैरहवा, रुपन्देहीले मिनी म्याराथन दौड (प्रतियोगिता) सम्पन्न गरेको छ । शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिकाको शिवगढिया चोकदेखि गैडहवा गाउँपालिकाको मंगलपुर चोकसम्म भएको प्रतियोगिता भएको हो ।  प्रतियोगितामा उमेश बरई प्रथम, मनोज केवट द्वितीय, आकाश पुन तृतीय र सचिन कुर्मी सान्त्वना भएका छन् ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १० हजार १ सय, द्वितीय हुनेलाई रु. ५ हजार १ सय, तृतीयलाई ३ हजार १ सय रुपैयाँ र सान्त्वनालाई रु. १ हजार १ सयसहित मेडल र प्रमाणपत्र 
    पुरस्कार प्रदान गरिएको थियो ।

    समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिवक्ता शेषमन यादवले यदुवंशी युवा समाजले समाजमा उदाहरणीय कार्य गर्दै आएको बताए । उनले समाजले गरीब, बिपन्न, पिछडिएका वर्ग सबैलाई समेटेर उनीहरुको उत्थानका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको उल्लेख गरे । अधिवक्ता यादवले प्रतियोगितामा विजयी भएका युवाहरुलाई आफनो प्रतिभालाई निरन्तरता दिदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा खेलकुदको माध्यमबाट आफूलाई चिनाउन आग्रह गरे ।

    WhatsApp Image 2025-02-08 at 7.57.05 PM.jpeg

    त्यस्तै यदुवंशी युवा समाज भैरहवाका अध्यक्ष डा. रणधिर यादवले पछिल्लो समय युवाहरुलाई प्रेरणा प्रदान गर्न मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको बताए । उजले समाजमा पछाडि परेका वर्ग, समुदायलाई अगाडि ल्याउन र उनीहरुको हितमा काम गर्न यदुवंशी युवा समाजको स्थापना गरिएको बताए ।

    खुदाबागर आदर्श कलेजका क्याम्पस प्रमुख रामबली यादवले यदुवंशी युवा समाजले एतिहासिक ठाउँमा ऐतिहासिक कार्यक्रम आयोजना गरेको बताए । उनले युवाहरुलाई खेलकुदको माध्यमबाट जोड्दै यो संस्थाले समाजमा उदाहरणीय कार्य गर्दै आएको बताए ।

    यदुवंशी युवा समाज भैरहवा रुपन्देहीका सचिव विजय यादवको स्वागत तथा मुनिव यादवको सञ्चालनमा भएको कार्यक्रममा समाजसेवी रामचन्द्र यादव, रामदेव यादव, एभरेष्ट मोर्डन इंगलिस बोर्डिङ स्कूल मायादेवी गाउँपालिका–३ का प्रिन्सिपल राजेश यादव, गोपाल सेवा समितिका क्षेत्रीय अध्यक्ष रामवेलास यादव लगायतले भनाइ राखेका थिए ।

    कार्यक्रममा समाजसेवी रमाकान्त यादव, गणेश यादव, विकास यादव, गोपाल सेवा समिती लुम्बिनी नगर अध्यक्ष विमलेश यादव, गोपाल सेवा समितिका क्षेत्रीय सचिव रामबहादुर यादव, समाजसेवी रामाकान्त यादव, रामधिन यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा यदुवंशी युवा समाजलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।