२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

माइती नेपाल आवधिक गृह भैरहवाद्वारा १८८ जनाको उद्वार

शनिवार , माघ २६, २०८१

  • 763
    Shares
  • 763
    Shares
  • भैरहवा, २६ माघ । माइती नेपाल आवधिक गृह भैरहवाले एक वर्षको अवधिमा १ सय ८८ जनाको उद्वार गरेको छ । माईती नेपाल भैरहवाले सन् २०२४ मा १ जना ८८ जना महिला तथा बालबालिकालाई उद्वार गरेको हो । शुक्रबार भैरहवामा वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले भारतका विभिन्न ठाउँबाट १३ जनाको  उद्वार गरिएको जानकारी दिइन् ।

    IMG_3783.JPG

    सीमा नाकाबाट  उद्वार गरिएकामध्ये ३३ जना रुपन्देही जिल्लाका छन् । जसमा सिद्धार्थनगर नगरपालिकाका ३, तिलोत्तमा नगरपालिकाका ४, बुटवल उपमहानगरपालिकाका ४, सैनामैना नगरपालिका ६, ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाका ३÷३, सम्मरीमाई, रोहिणी र कञ्चन गाउँपालिकाका २/२ जना छन् ।

    त्यस्तै मर्चवारी, सियारी, गैडहवा गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाका १/१ जनालाई उद्दार गरिएको प्रमुख क्षेत्रीले बताइन् । उद्धार गरिएकामा मायादेवी र शुद्धोधन गाउँपालिकाबाहेक सबै पालिकाका छन् ।

    माइती नेपालले बेलहिया नाकामा राखिएको परामर्श केन्द्रबाट ६ हजार ४५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहेको परामर्श केन्द्रबाट १ हजार ९० जनालाई परामर्श दिइएको उनले बताइन् ।

    उनका अनुसार खोजतलासका लागि २६ जनाले निवेदन दिएकोमा ३ जना फेला परेका छन् । एक वर्षको अवधिमा ५ हजार ९ सय २७ थान पर्चा÷पम्पलेट वितरण गरिएको उनले बताइन् । ‘आफू घरेलू हिंसामा परेको भनी ११ जनाले निवेदन दिएका छन्, उनले भनिन्–‘४ हजार १ सय ९ वटा सार्वजनिक यातायातमा सीमा नाकामा बेचबिखनको जोखिममा पर्ने सम्भावनामा रहेका यात्रुको चेकजाँच गरिएको छ ।’

    दलालहरुले विभिन्न खालका लोभलालच र प्रलोभन देखाएर लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलहियाको सहयोग र समन्वयमा महिला तथा बालबालिकाहरुलाई रोक्ने र उनीहरुको  परिवारसँग सम्पर्क गराउँदै आएको उनले बताइन् । ‘त्यसरी रोक्दै गर्दा पनि र त्यहाँबाट क्रस भएर भारतका विभिन्न शहरमा रहेका देह व्यापार केन्द्रमा बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुलाई माइती नेपालले उद्वार गरेर स्वदेश फर्काउने काम गर्दै आएको छ’उनले भनिन्–माइती नेपालले भारतमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ । भारतमा रहेको कार्यालयमार्फत पनि त्यहाँका प्रहरी–प्रशासनसँग समन्वय गर्दै देह व्यापार केन्द्रमा अनुगमन गरी महिला तथा बालबालिकालाई उद्वार गर्दै आएको छौं, ’उनले भनिन् ।  

    अधिकांश महिला तथा बालबालिका आफ्नै आफन्त र चिनेजानेकोबाटै बेचबिखनमा पर्ने गरेको उनले बताइन् । ‘उद्वार गरिएपछि ती महिला तथा बालबालिकाका अभिभावकले आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पठाएको बताएपछि बेचबिखनमा संलग्न व्यक्तिहरु कानूनी दायरामा आउन सकेका छैनन्’उनले भनिन्–‘मानव बेचबिखनमा संलग्न गिरोह भारतमा बस्दै आएको पाइएको छ ।’

    विदेशमा राम्रो रोजगारी लगाइदिने, सामाजिक सञ्जालबाट माया प्रेममा परेर विवाह गर्ने र घरेलु हिंसा लगायतका कारणले महिला तथा बालबालिकाहरु जोखिममा पर्ने गरेका छन् ।