२०८३, श्रावण २८ गते

Aug 13 2026 | २०८३, श्रावण २८ गते

कलबाईपासमा संलग्न रहेको आरोपमा भैरहवाबाट एकजना पक्राउ

शुक्रवार , माघ २५, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, २५ माघ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले कलबाईपासमा संलग्न रहेको आरोपमा एकजनालाई भैरहवाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८, नोडिहवा बस्ने २७ वर्षिय रोहित अहिर छन् । 

    1.jpg

    पक्राउ परेका रोहितको साथबाट विभिन्न उपकरणहरु पनि प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बन्जाडेका अनुसार स्पोलिएर कम्पनीको हब ९ थान, इन्टल कोर आईफाइभ कम्पनी कप ४ थान, मोडेम १६७ थान, हब विथ एन्टेना २ थान, नेपाल टेलिकमको सिमकार्ड १९० थान, एनसेलको सिमकार्ड २७० थान, एलसिडी मनिटर १ थान बरामद गरिएको छ । त्यसै गरी मोबाइल ५ थान, ल्यापटप १ थान, वल्र्डलिंक राउटर, स्वीच, नेटवर्क भिडियो रेकर्डर र हब केबल्स लगायतका सामान बरामद गरिएको प्रहरी निरीक्षक बन्जाडेले जानकारी दिए । 

    2.JPG

    सिद्धार्थनगर नगरपालिका–३, खजहनास्थित गुलाबचन्द गुप्ताको घरकोठा भाडामा लिइ विभिन्न उपकरणहरु जडान गरी कलबाईपास सञ्चालन गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गुप्ताको घर खानतलासी गर्ने क्रममा रोहितलाई पक्राउ गरेको हो । कलबाईपास कसूरमा बिहीबार रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ उनीमाथिअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।