२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

परसहवामा बसन्त पञ्चमी मेला, विपन्नलाई कम्बल वितरण

मंगलवार , माघ २२, २०८१

भैरहवा, २२ माघ । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ५ स्थित परसहवामा श्री बसन्त पञ्चमी मेला सम्पन्न भएको छ । परसहवास्थित पिर बाबा मजार शरिफमा मेला सम्पन्न भएको हो ।

मेलामा अखण्ड हरिकिर्तन, साधु सन्त एवं विपन्नलाई कम्बल, महिलालाई सल वितरण, कौवाली तथा भोजन दान लगायतका कार्यक्रम भएको आयोजक मजार परिवारले जनाएको छ ।

सोमबार करिब १ हजार जनालाई कम्बल, सल वितरण गरिएको कार्यक्रममा सहभागी भक्तजन राजकुमार खत्रीले बताए । करिब ३१ वर्षदेखि परसहवामा बसन्त पञ्चमी मेला लाग्दै आएको परसहवा बाबाले बताए ।

मेलामा नेपालको काठमाडौं, विराटनगर, वीरगंज, धनगढी, पोखरा, पाल्पा, कपिलवस्तु लगायत विभिन्न जिल्ला तथा भारतको नयाँ दिल्ली, गोरखपुर, ईलाहाबाद, पटना, बनारस लगायत विभिन्न स्थानबाट भक्तजनहरु आउने गरेको उनले बताए । सबै धर्मलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

बुटवलको सुख्खानगरका गज बहादुर सूर्यवंशीले आफू विगत ३ वर्षदेखि परसहवामा आयोजना हुने बसन्त पञ्चमी मेलामा आउने गरेको बताए । 

Parshawa baba.JPG
IMG_3188.JPG
IMG_3303.JPG
IMG_3320.JPG
IMG_3324.JPG
IMG_3375.JPG
WhatsApp Image 2025-02-04 at 1.38.09 PM.jpeg