२०८३, आषाढ १४ गते

Jun 28 2026 | २०८३, आषाढ १४ गते

परसहवामा विभिन्न कार्यक्रम गरी श्री पञ्चमी मनाइँदै

बिहिवार , माघ १७, २०८१

  • 880
    Shares
  • 880
    Shares
  • भैरहवा, १७ माघ । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ५ स्थित परसहवामा विभिन्न कार्यक्रम गरी श्री पञ्चमी तथा सरस्वती पूजा मनाइने भएको छ । परसहवास्थित ‘बाबाको दरबार’ मा यही माघ २० र २१ गते कार्यक्रम गरिने भएको आयोजकले जनाएका छन् ।

    कार्यक्रम अन्तर्गत माघ २० गते आइतबार अखण्ड हरिकिर्तन हुने परसहवा बाबाले बताए । उनका अनुसार माघ २१ गते विपन्न परिवार तथा असहायलाई कम्बल वितरण गरिनेछ । ‘करिब ३१ वर्षदेखि यहाँ विभिन्न कार्यक्रम गरी श्री पञ्चमी तथा सरस्वती पूजा मनाउँदै आएका छौं’उनले भने, ‘यस वर्ष माघ २१ गते महिलालाई सल तथा विपन्न, असहाय, साधु सन्त तथा फकिरलाई कम्बल वितरण तथा भोजन दान गरिनेछ ।’ कार्यक्रममा उपस्थिति हुन सम्पूर्ण भक्तजनहरुलाई आग्रह गरे ।

    मेलामा नेपालको काठमाडौं, विराटनगर, वीरगंज, धनगढी, पोखरा, पाल्पा, कपिलवस्तु लगायत विभिन्न जिल्ला तथा भारतको नयाँ दिल्ली, गोरखपुर, ईलाहाबाद, पटना, बनारस लगायत विभिन्न स्थानबाट भक्तजनहरु आउने गरेको उनले बताए । सबै धर्मलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

    सिद्धार्थनगर नगरपालिका–५ का भानु प्रताप सिंहले बसन्त मेलाको तयारी पूरा भएको बताए । विगतका वर्षझै यस वर्ष पनि श्रीपञ्चमीको अवसरमा अखण्ड हरिकिर्तन, कौवाली, कम्बल, सल वितरण लगायत कार्यक्रम रहेको बताए ।

    भक्तजन राजकुमार खत्रीले प्रत्येक वर्ष जेठ महिनामा र श्री पञ्चमीका अवसरमा परसहवामा मेला आयोजना हुँदै आएको बताए । भक्तजनलाई खाने बस्ने व्यवस्था भएको उनले बताए ।