images
images

मंगलवार, जेठ ८ गते २०८१

कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्ने सम्मानित

कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्ने सम्मानित

images
images
images
सोमवार, चैत्र २ २०७७
सोमवार, चैत्र २ २०७७
  • कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्ने सम्मानित

    भैरहवा, २ चैत ।
    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्ने विभिन्न व्यक्तित्व तथा संघ–संस्थाहरुलाई सम्मान गरिएको छ । नेपाल भारत अवध मैत्री समाज रुपन्देही ती संघ–संस्थाहरुलाई सोमबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

    images
    images
    images

    विशेष गरी कोरोना महामारीको जटिल परिस्थतिमा सीमा क्षेत्र तथा यस आसपासमा अग्रपंक्ति (फ्रन्टलाइन) मा रहेर योगदान पुर्याउने संघ–संस्थालाई सम्मान गरिएको नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    सम्मानित हुनेमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, सिद्धार्थनगर नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, लायन्स डिष्ट्रिक ३२५ बी २ नेपाल, सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देही, मारवाडी युवा मञ्च भैरहवा, जिल्ला प्रहरी कार्यालय, रुपन्देही, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस), जेसीआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष मंगल भण्डारी, लुम्बिनी प्रेस क्लब रुपन्देही, बेलहिया युवा सामाजिक अभियन्ता समूह, रोटरी डिष्ट्रिक ३२९२, नेपाल–भुटान, सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा, ग्यालेक्सी गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, प्रतिमान–निमा मेमोरियल फाउण्डेशन, नेपाल रेडक्रस सोसाईटी रुपन्देही, प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, श्री कालीभक्ति गण (ई) रुपन्देही, हिन्दूस्तान टाइम्सका संवाददाता आलोक जोशी, जी न्यूजका संवाददाता अमित त्रिपाठी, आदर्श सोनौली नगरपालिकाका राजनाथ यादव, भीम अस्पताल, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, उद्योग व्यापार संगठन रुपन्देही, संयुक्त एम्बुलेन्स चालक संघ, रुपन्देही, मायादेवी गाउँपालिका, रुपन्देही, भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देही, भैरहवा बैंकर्स क्लब भैरहवा, उद्योग व्यापार मण्डल नौतनवाका अध्यक्ष सुवास जैसवाल, समाजसेवी अजय गुप्ता (महाराजगंज), नयाँ गाउँ रानी गाउँ युवा समाज र होटल यात्री रहेको कार्यक्रम संयोजक तथा नेपाल अवध मैत्री समाज रुपन्देहीका सह–सचिव रविकान्त उपाध्यायले बताए ।

    त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भिष्म प्रसाद न्यौपाने र कोषाध्यक्षमा निर्वाचित गोविन्द ज्ञवालीलाई सम्मान गरिएको थियो । त्यसै गरी लुम्बिनी प्रेस क्लबको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नरेश के.सी.लाई सम्मान गरिएको समाजका कोषाध्यक्ष धिरज कुमार मल्लिकले बताए ।

    कोभिड–१९ को समयमा योगदान पुर्याउने संघ–संस्थालाई प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादव, संविधानसभा सदस्य आदित्य नारायण कसौधन, लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता लगायतले प्रशंसापत्रद्वारा सम्मान गरेका हुन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादव कोरोना महामारीमा यहाँका संघ–संस्थाले अतुलनीय योगदान पुर्याएको बताए । उनले संघ–संस्थाको योगदानलाई कदर गर्दै सम्मान गर्नु प्रशंसनीय रहेको बताए ।

    संविधानसभा सदस्य आदित्य नारायण कसौधनले राम्रो काम गर्ने व्यक्तिको कहिल्यै कही सानोतिनो कमीकमजोरी हुन सक्ने बताए । उनले संविधानले नागरिकलाई अधिकार दिएको बताए ।

    लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले कोरोना महामारीको विषम परिस्थितिमा विभिन्न व्यक्ति तथा संघ–संस्थाले महत्वपूर्ण कार्य गरेको बताए । उनले काम गर्ने संघ–संस्थाई प्रोत्साहन गर्न कञ्जुस्याई गर्न नहुने बताए । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेयले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले जटिल समयको बेला निस्वार्थ भावले काम गर्ने सबैलाई धन्यवाद दिए । उनले मित्र राष्ट्र भारतले नेपाली नागरिकलाई र नेपालले भारतीय नागरिकलाई महामारीको समयमा क्वारेन्टिनमा राखेको बताए । उद्योग व्यापार मण्डल नौतनवाका अध्यक्ष सुवास जैसवालले नेपाल भारत अवध मैत्री समाज रुपन्देहीले गरेको सम्मानले आगामी दिनमा काम गर्न थप उर्जा प्रदान हुने बताए ।

    नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, सह–सचिव रविकान्त उपाध्यायको स्वागत तथा सचिव हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij