२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

बुटवल लेडी जेसीजको २९ औं पदस्थापन, पत्रकार पन्थ सम्मानित

आइतवार , माघ १३, २०८१

  • 733
    Shares
  • 733
    Shares
  • बुटवल, १३ माघ । बुटवल लेडी जेसीजको २९ आंै पदस्थापन तथा सम्मान समारोह सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्ख्र रिजालले पुरुषसँगै महिलाहरु समाजमा सहकार्य र प्रतिष्पर्धा गर्दै धेरै अगाडि बढेको बताए । उनले पछिल्लो समय महिलाले पुरुषसरह धेरै गर्न सक्छन् भन्ने धेरै उदाहरण भेटेको र यसमध्ये बुटवल लेडी जेसीज एक रहेको बताए । जेसीज एउटा सिस्टममा चल्ने गरेको बताउँदै उनले नेपाली राजनीतिमा पनि यस्तो सिस्टम लागू भएमा नयाँ र उर्जावान अनुहार आउने र यसले देशमा नयाँपन ल्याउनेमा जोड दिए । 

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले महिलालाई विविध समस्या हुँदाहुँदै पनि त्यी समस्या झेल्दै अगाडि बढ्न सफल भएको बताइन् । सांसद् ढकालले परिवारको साथ र सहयोगले नै महिलाले हरेक काम गर्न सक्ने र सफल हुने बताइन् । समाज परिवर्तनमा बुटवल लेडी जेसीजको महत्वपूर्ण भूमिका रहेको बताउँदै आर्थिक अवस्था कमजोर भएका र सक्षम युवालाई जेसीजमा जोड्न सक्नुपर्ने उनले बताइन्।
    नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठ जेसीज नेतृत्व र व्यक्तित्व विकास गर्ने महत्वपूर्ण माध्यम रहेको बताए । बुटवल लेडी जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल शर्माले कुनै पनि कुरालाई म गर्छु भन्ने प्रण गरेमा अवश्य सफल भइने बताइन् । बुटवल जेसीजका अध्यक्ष मोहन न्यौपानेले बुटवल लेडी जेसीजले समाजमा पहिचान कायम गरेको र सदैव मातृत्व र अभिभावकत्व दिएको बताए ।

    पदस्थापन कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष संगीता ढकाल र सम्पूर्ण टीमले वर्ष २०२५ का अध्यक्ष रुपा श्रेष्ठ र सम्पूर्ण टीमलाई पद हस्तान्तरण गरेको निर्वाचन आयुक्त तिला पाण्डेले जानकारी दिइन् ।

    बुटवल लेडी जेसीज वर्ष २०२५ का लागि निर्विरोध नवनिर्वाचित अध्यक्ष रुपा श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा अपूर्वा खनाल, पुनम पन्थ, महासचिवमा जेसी वेदना पाण्डे, कानूनी सल्लाहकारमा वसन्ता घिमिरे, अध्यक्षको प्रमुख कार्यकारी सहायकमा जमुना शर्मा श्रेष्ठ र कोषाध्यक्षमा जेसी सुष्मा जि.सी, उपाध्यक्षमा कृति पाण्डे, नरमाया श्रेष्ठ, अन्जु पन्थी, मन्जु थापा, सह–सचिवमा जेसी भगवती बेल्बासे र सह–कोषाध्यक्षमा विमला बेल्वासेको टीमको पदस्थापन भएको हो । 

    पदस्थापनसँगै संस्थाको विकास र समृद्धिका लागि योगदान दिने संस्थाका पूर्वअध्यक्ष, सरोकारवाला, विभिन्न क्षेत्रका व्यक्ति तथा पत्रकारलाई सम्मान गरिएको हो । जेसीजको विकास र समृद्धिका लागि कलम चलाएको भन्दै पत्रकार छायाँ पन्थलाई नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । बुटवल लेडी जेसीजका पूर्वअध्यक्ष अनुपमा श्रेष्ठका ससुरा नारायण प्रसाद श्रेष्ठको स्मृतिमा पत्रकार पन्थलाई स्वर्गीय

    नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार २०२४ बाट सम्मान गरिएको हो । लामो समय पत्रकारितामा सक्रिय पत्रकार पन्थ बुद्ध सामुदायिक टेलिभिजन र रुपन्देही टाइम्स अनलाइनमा कार्यरत छिन् । 

    त्यसै गरी पूर्वअध्यक्ष कमला लम्सालद्वारा आमा स्वर्गीय छमकला गौतमको स्मृतिमा स्वर्गीय छमकला स्मृति छात्रवृत्ति पुरस्कार २०२४ बुटवल बहुमुखी क्याम्पस बिएड पहिलो वर्षमा अध्ययनरत विद्यार्थी दिनेश पाण्डेलाई प्रदान गरिएको छ ।

    08d8f76e-5089-4f15-aeac-eecdc2af4c1d.jpeg