२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

फ्लयरकोड बुटवलको नवौं वार्षिकउत्सवमा लाते आर्ट थ्रो डाउन प्रतियोगिता

आइतवार , माघ १३, २०८१

  • 478
    Shares
  • 478
    Shares
  • रुपन्देही, १३ माघ । बुटवलको तीकुनेमा केन्द्रिय कार्यलय रहेको फ्लयरकोड ईन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्टको नवौं वार्षिकउत्सवको अवसरमा द ब्याटल अफ च्याम्पियन खुला लाते आर्ट (कफि आर्ट) थ्रो डाउन प्रतियोगिता सम्पन्न भएको छ । सन् २०१६ जनवरी २३ मा स्थापना भएको यो ईन्स्टिच्यूटको नवौं वार्षिकउत्सवको अवसरमा प्रतियोगिता गरिएको हो । 

    आयोजकका अनुसार प्रतियोगितामा ३८ जना प्रतियोगीहरु सहभागी थिए । चार चरणको प्रतियोगिताबाट फाइनल राउण्डमा पुगेका पाँचजनामध्ये उमा गुरुङ प्रथम, अन्जिला गुरुङ द्वितीय र अभिषेक शर्माले तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै विनोद थापाले चौथो र प्रेमबहादुर गुरुङले पाँचौं स्थान हासिल गर्न सफल भएका छन् । 

    फ्लयरकोड ईन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टका सञ्चालक संजय घिमिरेको अध्यक्षता, नेप्लिज होटलियर्स एशोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष प्रबिन बहादुर पाठकको प्रमुख आतिथ्यता, इको फार्मका सञ्चालक समुन्द्र जि.सी.को विशिष्ट आतिथ्यता, मदन थापा, प्रसिम खनाल, राजिव खनाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले लुम्बिनी प्रदेशमै पहिलो पटक द ब्याटल अफ च्याम्पियन खुला लाते आर्ट (कफि आर्ट) थ्रो डाउन प्रतियोगिता जस्तो पृथक कार्यक्रम गरेको भन्दै ईन्स्टिच्युटको प्रशंसा गरे । उनले एउटै व्यवसायमा ९ वर्षसम्म टिकेर काम गर्न सक्नु अहिलेको अवस्थामा ठूलो सफलता भएको बताए । कार्यक्रममा समुन्द्र जिसी, मदन थापा लगायतले भनाइ राखेका थिए ।

    फ्लयरकोड ईन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टका सञ्चालक सन्जय घिमिरेले स्थापनाको ९ वर्ष अवधिमा केन्द्रिय कार्यालय बुटवल, शाखा कार्यलयहरु सैनामैना, कपिलवस्तु  र बर्दघाटबाट करिब १० हजार जनालाइ बरिस्ठा, बेकरी, बार टेण्डर, सुसि पिज्जा र बर्गर बनाउने सीप प्रदान गरेको र तीमध्ये अधिकांश स्वदेश तथा विदेशमा रोजगारीसँगै व्यवसायमा आबद्ध भएको बताए ।

    फ्लयरकोडका प्रबन्ध निर्देशक बिन्दु खरेल घिमिरेको स्वागतमा भएको कार्यक्रममा प्रमुख निर्णायकको भूमिकामा आशिष राना र निर्णायको भूमिकामा अभिनास गुरुङ र सुमित गुरुङ रहेका थिए । 
    कार्यक्रममा क्विज सेसनसँगै लक्की ड्र लगायतका कार्यक्रमहरू समावेश गरिएको थियो । विजेताहरूलाई अवार्डद्वारा सम्मान गरिएको थियो भने सहभागी सम्पूर्णलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो ।