२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजन विश्वकर्मा

आइतवार , माघ १३, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, १३ माघ । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको साधारण सभा तथा अधिवेशनले राजन विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    संघको वरिष्ठ उपाध्यक्षमा प्रेम कुमार रामदाम, प्रथम उपाध्यक्षमा सुनिल सेन्चुरी, द्वितीय उपाध्यक्षमा मिलन विश्वकर्मा, तृतीय उपाध्यक्षमा जय बहादुर (ध्रुव लाम्गादे), चौथो उपाध्यक्षमा प्रशान्तमणि रामदाम, महासचिवमा गणेश वि.क., कोषाध्यक्षमा विनोद रसाल, सचिवमा जंग बहादुर रसाइली (गणेश), सह–सचिवमा दिपेन्द्र लाम्गादे र सह–कोषाध्यक्षमा प्रदिप कुमार वर्मा रहेका छन् ।

    त्यस्तै कार्यकारिणी सदस्यहरुमा सुरज कुमार सोनी, रेमण्ड विश्वकर्मा, जुलेन लाम्गादे, मोहन कुमार वि.क., सौरभ रामदाम वि.क., अनिल कुमार सेन्चुरी, रुद्र बहादुर वि.क. (जीवन), विवेक कुमार वर्मा, आनन्द सुनार, हितेन वि.क. र सुनिल कुमार वर्मा रहेका छन् ।

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिश कुमार कौसल (दीपक) को अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यता, नगर उपप्रमुख उमा अधिकारीको विशिष्ट आतिथ्यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, रुपन्देही सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मनोज सेन्चुरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको आतिथ्यता तथा सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका महासचिव सुनिल सेन्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।